ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक डा. देवकोटाको आज अत्येष्टि गरिँदै


bhawani desk
५ असार २०७५, मंगलबार   ४ : ५६   बजे

काठमाडौँ, ५ असार ।  हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो ।
पुष्पगुच्छाले झपक्क सजाइएको टेबल , त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. देवकोटा  नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाउनुभएका डा. उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेर्नुभयो ।

बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन ।

नियतिको खेल पनि बुझिनसक्नु हुन्छ । चिकित्सकीय क्षेत्रमा दुर्लभ विधा मानिएको स्नायु उपचार सेवाका प्रतिभावान् चिकित्सकलाई रोग त त्यो पनि दुर्भल पित्त नलीको क्यान्सर ।

छ महिनाअघि रोग देखिएपछि परिवारले उहाँलाई अब्बल बनाएको देश बेलायत पु¥याएको थियो । तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहनुहुन्थ्यो । गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उहाँलाई आफ्नै अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उहाँको जीवन फर्काउन दिनरात खटिएका उहाँका शिक्षार्थी न्यूरो अस्पतालका चिकित्सक डा मयुस मुनंकर्मीले डा देवकोटा आफैँ बिरामी र आफैँ चिकित्सकको भूमिका निर्वाह गरेको सम्झनुहुन्छ ।

आफूलाई के भइरहेको छ, के चाहिएको छ उहाँले नै भन्नुहुन्थ्यो, उहाँमा मृत्युले कुरिरहेको छ भन्ने जान्दाजान्दै पनि अनौठो आत्मविश्वास थियो, जुन हाम्रा लागि अनुकरणीय थियो”, उहाँले भन्नुभयो ।

“बिरामीप्रतिको लगाव, आफ्ना अग्रज, सहपाठी, जुनियर चिकित्सकलाई सधैँ माया, सम्मान गर्ने कुरा हामीले उहाँबाट सिक्यौँ,” डा मुनंकर्मी भन्नुहुन्छ ।

जीवन यात्रामा अनेक साथी भेटिन्छन् । कोही आत्मीय बन्छन् । कोही बीचमै हराउँछन् । तर बालसखा जीवनभरि उस्तै रहन्छन् ।

आफ्ना बालसखाको अन्तिम बिदाइ गर्नुपर्ने दिन यति छिट्टै आउँला भनेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कल्पना पनि गर्नुभएको थिएन ।

आफ्ना विधामा दुवै अब्बल । “मैले मेरा बालसखा गुमाएँ, उनीसँगका हरेक पलहरु सम्झनामा समेटिए, उनको मलाई जीवनभर अभाव खट्किरहने छ,” उहाँले शोकविह्वल हुँदै भन्नुभयो ।

डा देवकोटाले ३५ वर्ष अगाडि नेपालमा नभएको दुर्लभ र जटिल मानिएको स्नायु सेवा शुरु गर्नुभएको हो ।

नेपालमा उहाँको नाम जति सम्मान र गर्वका साथ लिने गरिन्छ दक्षिण एशियाली मुलुकमै पनि उहाँ उत्तिकै लोकप्रिय भएको वरिष्ठ जनरल सर्जन धु्रव मुडवरीको अनुभव छ ।

यत्तिको दृढ, आत्मविश्वासी र कठिन परिस्थितिमा विचलित नहुने प्रतिभावान्, आफ्ना गुरुहरुलाई गर्ने सम्मानले मन सधँै खुशी हुन्थ्यो, फेरि यस्तो व्यक्ति देशले पाउन वर्षौंवर्ष लाग्नेछ, उहाँले भन्नुभयो ।

डा मुडवरीलाई डा देवकोटाले परिवारको सदस्य बनाउनुभएको थियो । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा मुडवरीलाई लाग्छ ।

छोटो समयका लागि स्वास्थ्यमन्त्री बन्नुभएका देवकोटाले चाहने हो, भने छोटो समयमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नजिर बसालेको प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला सम्झनुहुन्छ ।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा कोइराला र डा देवकोटा पनि मन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुख कोइरालाले देवकोटाका बारेमा कुरा गर्दै गर्दा उहाँको शोक आँशु बनी बगिरहेको थियो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले उहाँजस्तो प्रतिभावान् व्यक्ति कमैमात्र जन्मिने बताउनुभयो । राससलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “उहाँ सफल, मेहनती, इमान्दार चिकित्सक हुनाका साथै असल व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँको अभाव खट्किरहने छ ।

आँखाको उपचार सेवामा समर्पित डा सन्दीप रुइत देवकोटा अनुशासित पेशाका उत्कृष्ट व्यक्ति भएको स्मरण गर्नुहुन्छ । “नेपाली हुँ, नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने उहाँमा सोच र भावना थियो,” उहाँले भन्नुभयो ।

चर्चित चिकित्सक एवं देशभक्त देवकोटा समाजमा लोकप्रिय हुनु स्वाभाविक हो । तर २७ वर्षभन्दा बढी समय उहाँलाई खाना पकाएर खुवाउने कान्छी थापाको मनमा पनि उहाँप्रतिको आस्था भने कम छैन ।

मलाई त आमा भन्नुहुन्थ्यो, काम गर्ने भनेर उहाँले रुखो व्यवहार गरेको सम्झना छैन, परिवार बाहिर जाँदा पूरै घरको जिम्मेवारी मलाई हुन्थ्यो, उहाँलाई गुमाउनुको पीडा बोलेर व्यक्त गर्न सकिँदैन”, कान्छी थापा भन्नुहुन्छ ।

डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ः३५ मा निधन भएको हो । आज बिहान ८ः०० देखि १३ः०० बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गर्नुभएको थियो ।

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुग्नुभएको थियो ।

त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि प्रकट गर्नुभएको थियो ।

डा देवकोटाका श्रीमती र तीन छोरी हुनुहुन्छ । डा देवकोटाको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group