ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानले कोलम्बियालाई २–१ ले पराजित


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ८ : ०८   बजे

काठमाडौं, ५ असार । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २–१ ले हराएको छ ।

जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।

जापानले प्रहार गरेका १४ सटमा ५ सट पोस्टको दिशामा थिए । यस्तै खेलमा कोलम्बियाले प्रहार गरेका ८ सटमा ३ सट पोस्टको दिशामा थिए ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४(१ ले हराएको थियो ।

समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group