चितवन , ६ असार । शिवनगरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबार दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले नि : शूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो ।
शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो । बिरामीहरुलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वास्थ्य शिबिरले बिपन्न नागरिकहरुका लागि राहत मिल्ने बताइन् । मेयर दाहालले भनिन्, ‘मेरी दिदी क्यान्सरबाट बित्नुभयो, क्यान्सरबाट कोही पनि मानिस मर्नु नपरोस्, त्यही भावनाका साथ यो कार्यक्रम आयोजना गरिएको छ, यसले थोरै भए पनि राहत मिल्ने विश्वास लिएका छौं ।’
यसैबीच सृष्टि दाहालले आफ्नी आमा र मामाजस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘मेरो आमा क्यान्सरले बित्नुभयो, त्यसले परिवारमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा हामीले भोगेका छौं ।
कसैले पनि त्यस्तो पीडा भोग्न नपरोस् । थोरै भए पनि क्यान्सरपीडितलाई राहत दिउँ भनेर नै यो शिबिर आयोजना गरेको र कार्यक्रमले आफुलाई पनि उर्जा मिलेको उनले बताईन् ।
संयोजक सरस्वती दाहाल अधिकारीको अध्यक्षतामा भयको कार्यक्रममा १४ नं वडाका अध्यक्ष ओम प्रकाश पोखरेल पोखरा उधोग बाणिज्य सघका सदस्य यदुनाथ अधिकारी टर्सका उप अध्यक्ष सृटि दाहाल के सि किशोर प्रधानाङगले शिविरले धेरै महिलालाई खुशि बनाएको बताएका थिए । शिविरले महिलामा हुने क्यानसरबारे जानकारी गराउनुका साथै धेरैले अकालमा ज्यान गुमाउन बाट जोगाएकोले आयोजकलाई धन्यवाद प्रदान गरेका थिए ।
मन्जु शर्मा तारा खनाल सहितको टोलिले प्राबिधिक सहयोग गर्नु भएको कार्यक्रमको स्वागत हेल्थ पोस्ट उपाध्यक्ष बाबुराम दाहाले र रबिलाल साबकोटाले कार्यक्रम चलाउनु भयको थियो ।
प्रतिक्रिया दिनुहोस्