बेइजिङ, ६ असार । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको उचित वातावरण रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने नेपाल भ्रमणको दोस्रो दिन बेइजिङमा आयोजित नेपाल–चीन विजनेश फोरमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले पावर प्वाइन्ट प्रिजन्टेशन गर्दै नेपालमा लगानीको उचित वातावरण रहेको बताउनुभएको हो । अधिकारीले विदेशी कम्पनीलाई सहज ढंगले काम गर्न कम्पनी रजिष्टे«शनमा निजी जग्गा प्राप्ति र सरकारी जग्गा लिजमा सहज व्यवस्था रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले चिनिया पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन निम्ता दिनुभयो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गदैहुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्