ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपुरथिमि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


bhawani desk
६ असार २०७५, बुधबार   १२ : २९   बजे

भक्तपुर, ६ असार । मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याएको छ ।

नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा होमस्टेसमेत प्रवद्र्धन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

यसैगरी नगर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उहाँले बताउनुभयो ।

नगरपालिकाको प्रशासनिक तथा वडा कार्यालय भवन निर्माण र नगर क्षेत्रका पाँचवटा स्थानमा बहुसाँस्कृतिक एवं ऐतिहासिक प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्माण हुने सम्पूर्ण भवन संरचना अपांग र बालमैत्री हुने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बस्ती विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तथा भइरहेको एकीकरणको स्वामित्व नगरपालिकाले लिँदै व्यवस्थित गर्न आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइने नीति नगरपालिकाले लिएको छ ।

नगरपालिकाले नक्सा पास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा खानेपानीलाई सुधार गर्ने, नगर क्षेत्रमा खानेपानीका लागि ८ इन्चको पाइप बिछ्याउने, फोहोरलाई व्यवस्थित गरिने, मनोहरा र हनुमन्ते नदीलाई ‘सफा नदी सभ्य सहर’ कार्यक्रमबाट सफा गर्दै हरियाली बनाउने, सबै वडामा ढलको व्यवस्थापन गर्ने उल्लेख छ ।

नगरपालिकाले आर्थिक विकासका लागि राजश्व सुधार कार्ययोजना अघि सारेको बताउँदै प्रशासकीय अधिकृत ज्ञवालीले मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी बनाउने र महत्वपूर्ण स्थानमा सिसी क्यामरा जडान गरिने छ भन्नुभयो ।

नगरपालिकाका प्रत्येक वडामा एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने, शिक्षामा गुणस्तरियता र पहुँचमा समानता गरी विभेद्कारी शिक्षाको अन्त्य गर्ने, छात्रवृत्तिलाई प्रभावकारी बनाउने, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ खेलकूदको विकास गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group