ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल : समूह बीबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना बलियो


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   ६ : ५४   बजे


असार ७, । विश्वकप फुटबलमा स्पेनले इरानलाई १ शून्यले हराएको छ । बुधबार राती रुसको काजान एरिनामा भएको खेलमा स्पेनलाई जिताउन खेलको ५४ औ मिनेटमा डिएगो कोष्टाले गोल गरे । इरानका डिफेण्डर रविन रेजाइनले बल क्लियर गर्न लागेको बल गोल हुन पुगेको थियो ।

जसका कारण स्पेनले महत्वपूर्ण तीन अंक जोड्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । नतिजापछि स्पेन ४ अंक सहित अंकतालिकाको पहिलो स्थानमा छ भने ४ अंक नै रहेको पोर्चुगल दोश्रो र ३ अंक बनाएको इरान तेश्रो स्थानमा छ ।

खेलको ६२ औं मिनेट इरानी टिम र समर्थकका लागि निराशाजनक क्षण हुन पुग्यो । इरानका सेइद इजाटोलाहीले गोल गरेका थिए । फ्रिकिक बललाई हेडमार्फत गोल गरेपछि खेलाडी र समर्थकले खुशी पनि मनाइसकेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोलको मान्यता नदिइ अफसाइड दिएपछि इरानी पक्ष निराश बनेको थियो भने स्पेनी पक्ष खुशी ।

केही अवसरहरुमा इरानका खेलाडी चुकेका थिए । पहिलो गोल हुनुभन्दा अघि भने इरानले निक्कै सुस्त फुटबल खेलेको थियो । उसका सबै खेलाडी रक्षापंक्तिमा बार लागेका थिए भने कुनै आक्रमण बुन्न जाँगर देखाइरहेका थिएनन् ।

समूहमा लगातार दुई पराजय ब्यहोरेको मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा स्पेनले मोेरक्कोसँग प्रतिस्पर्धा गर्दा इरानले पोर्चुगलको सामना गर्नेछ । त्यही खेलको विजेता समूह बी बाट नकआउट चरणमा प्रवेश गर्नेछन् ।

विहीबार रातीको खेलमा गोल गरेसँगै रुस विश्वकपमा ब्राजिलमा जन्मिएका स्पेनिस स्ट्राइकर डिएगो कोष्टाको गोलसंख्या ३ पुगेको छ । यसअघि पोर्चुगलसँग बराबरी हुँदा उनले २ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group