ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठुला क्षमताका सौर्य प्रणाली जडान गर्न,जनशक्ति निर्माण गर्नुपर्नेमा जोड


bhawani desk
८ असार २०७५, शुक्रबार   १२ : ४९   बजे

ललितपुर, ८ असार ।  सरकारले पाँच वर्षभित्र ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालित तालीम समापनका अवसरमा सहभागी विज्ञहरुले विश्वका विकसित तथा विकाशोन्मुख देशमा ऊर्जाको मुख्य स्रोतको रुपमा ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्न शुरु भएकाले नेपालमा पनि यस्ता आयोजना निर्माणका लागि जनशक्ति तयार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले तीन हप्तसम्म सञ्चालन गरेको ठूला क्षमताका सौर्य ऊर्जा प्रणालीलाई राष्ट्रिय प्रसारणमा जोड्ने डिजाइनसम्बन्धी तालीममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जल तथा शक्ति आयोग र सौर्य कम्पनीका १४ जनाको सहभागिता रहेको थियो ।

तालीम समापनका अवसरमा इन्जिनियरिङ अध्ययन संस्थानका कार्यबाहक डिन रामचन्द्र सापकोटाले ऊर्जाको बढ्दो मागलाई पूरा गर्न ठूला क्षमताका सौर्य प्रणाली जडान गर्नु आवश्यक रहेकाले यससम्बन्धी जनशक्ति तयार गर्न सञ्चालित तालीम निकै उपयोगी हुने बताउनुभयो ।

पूर्वाधार विकास विशेषज्ञ प्रा डा सूर्यराज आचार्यले देशको नवनिर्माणका लागि आवश्यक जनशक्ति तयार गर्न इन्जिनियरिङ अध्ययन संस्थानले छोटो अवधिका तालीम पनि सञ्चालन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

तालीमका संयोजक तथा ऊर्जा अध्ययन केन्द्रका पूर्व निर्देशक प्रा डा जगन्नाथ श्रेष्ठले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऊर्जा सुरक्षा आवश्यक पर्ने बताउनुभयो ।

तालीमका सहभागीलाई ५० मेगावाटसम्मको सौर्य पिभी ग्रिड कनेक्सनको डिजाइन गर्न सक्ने क्षमताको विकासका लागि व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group