ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनियोजन विधेयकमाथि छलफल जारी


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ४ : ०३   बजे

काठमाडौँ, ८ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को खर्च कटौतीसम्बन्धीको छलफलमा शुरु भएको छ ।

सांसद चित्रलेखा यादवले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा केन्द्रित भएर ८३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा १० दशमलब २३ प्रतिशत विनियोजन गरिएको तर सबैका लागि शिक्षामा १५ देखि १७ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद यादवले गरीब र धनी सबैका छोराछोरी एउटै विद्यालयमा पढ्ने वातावरणको व्यवस्था नभएसम्म नेपालको शिक्षा गुणस्तरीय हुन नसक्ने धारणा राख्नुभयो ।

कतिपय विद्यालयमा पिउने पानी, शौचालयसमेत नभएको हुँदा न्यूनतम सुविधा विद्यालयमा हुनुपर्ने, अपांगता भएका व्यक्ति र अन्य खालका समस्या भएका बालबालिकाका लागि विशेष व्यवस्था गर्नुपर्ने उहाँको जोड थियो ।

सांसद खगराज अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केन्द्रित भएका आफ्नो धारणा प्रस्तुत गर्दै मनोमानी तरिकाले स्वास्थ्य क्षेत्रमा औषधिको व्यापार भइरहेको उल्लेख गर्नुभयो ।

सांसद सोमप्रसाद पाण्डेले शिक्षा, विज्ञान प्रविधि, उद्योग, वाणिज्य मन्त्रालयमा केन्द्रित भई धारणा प्रस्तुत गर्नुभयो ।
सांसद लालप्रसाद सावा लिम्बूले शिक्षामा केन्द्रित भएर सबैका लागि गुणस्तरीय शिक्षा भनेर नपुग्ने भएकाले शिक्षा देशभरि एउटै पाठ्यक्रम हुनुपर्दछ भन्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विषयमा सांसद लिम्बूले वैदेशिक रोजगारलाई संयमित, सुरक्षित र मर्यादिन बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद तेजुलाल चौधरीले शिक्षाको एकाधिकार तोड्नुपर्ने, धनी र पहुँचवालाले ठूला र गरिबले सामान्य स्कूल पढाउनुपर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णप्रसाद दाहाल, सांसद गंगा चौधरी, रामबहादुर विष्ट, छक्कबहादुर लामाले शिक्षा र स्वास्थ्यमा संविधानको मौलिक हकमा उल्लेख भएअनुसार व्यवस्था गर्नुपर्ने र शहरी तथा ग्रामीण सबै क्षेत्रमा समान शिक्षाको पाठ्यक्रम लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सांसद लक्ष्मी चौधरीले वैदेशिक रोजगारीमा जाने युवालाई म्यानपावर कम्पनी राम्रो नपर्दा ठगिनुपरेको बताउनुभयो । विधेयकमाथि छलफल जारी छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu