ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनलाई प्रधानमन्त्री ओलीको एस्क्लुसिभ अन्तर्वार्ता – ‘भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो’


admin
८ असार २०७५, शुक्रबार   ४ : ३७   बजे


प्रधानमन्त्री के.पि शर्मा ओली यतिबेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले सुरुदेखि नै विकास र समृद्धिको लागि सघाउन चिनिया लगानीकर्ताहरुलाई आग्रह गरे । चिनिया राष्ट्रपति सि जिनपिङले बेल्ट एण्ड रोड इनिसियटिभको अवधारणाअन्तर्गत रहेर नेपालको विकासमा सघाउने प्रतिवद्धता जनाए । सोही प्रतिवद्धताको प्रतिबिम्ब बिहीबार नेपाल र चीनबीच भएको १० बुँदे सहमति र ४ बुँदे ‘लेटर अफ इन्टेन्ट’मा प्रष्ट देखियो ।

बेइजिङमा प्रफुल्ल मन बनाएर ल्हासा फर्किदै गर्दा चीनको सिचुवानस्थित छेन्दु अन्तराष्ट्रिय विमानस्थलमा एकघण्टा ट्रान्जिट पर्यो । सोही समयको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा एबीसी टेलिभिजनलाई एस्क्लुसिभ अन्तर्वाता दिए ।

एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग ओलीले नेपालका विशाल दुई छिमेकी मुलुक दुई ठुला देशको सहयोगबाट नेपालको विकास गर्ने वातावरण बनेको दाबी गरे । ओलीले नेपाल र चीनको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए । नेपालले दुवै ठुला देशको सहयोग र सहकार्यमा नेपालको विकास गर्ने वातावरण सृजना गर्न लाग्न आवश्यक रहेको तर्क गरे ।

नेपाल र चीनबीचको सम्बन्ध मात्र नभई अन्य देशसंगको सम्बन्ध अनि भविष्यलाई पनि ख्याल गर्दै दुइपक्षिय रुपमा सहयोग र सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय सृजना भएका केहि शंका तथा अन्योलताहरुको पनि अन्त्य भइ नया युगको सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ । आफ्नो भ्रमणबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘२०१६ मा राम्रै थियो अहिले त निकै राम्रो भयो ।’

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङ र चीनीया जनकंग्रेका अध्यक्ष लि झाङसु आफ्नो अनुकुल समय मिलाएर नेपाल भ्रमणमा आउने पनि दाबी गरे ।

यसपटकको भ्रमणबाट नेपालप्रति चिनिया नेतृत्व धेरै सकारात्मक बनेको छ । चीन भ्रमणबाट ओलीले पनि सकारात्मक सन्देश दिन खोजेका छन् । भ्रमणका क्रममा गरिएका सहमतिले नेपालको विकास र समृद्धिमा चीनको सहयोग, समर्थन रहने प्रष्ट देखिएको छ । भ्रमणको मुख्य सफलता चिनिया रेल केरुङको बाटो हुंदै काठमाडौं आउने विश्वास जनतामा जगाउन सक्नु हो । प्रधानमन्त्री ओली भन्छन्, केरुङबाट काठमाडौं रेल आउंछ । पूर्व पश्चिम रेल, रक्सौल काठमाडौं रेल समेत ५ वर्षभित्र बन्छ । काठमाडौंमा ४ वर्षभित्र मोनो रेल समेत चल्छ ।

साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई आम नेपाली जनताले मात्र होइन, अन्तराष्ट्रिय समुदायले पनि निकै चासोका साथ हेरेका छन् । दक्षिणी छिमेकी भारतले शंकाको नजरले हेरिरहेको छ । तर, नेपालसंग सदैव मित्रवत् व्यवहार गरिरहेको चीनले नेपालको विकास र समृद्धिका लागि मात्र सहयोग गर्नेमा विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

सम्बन्धित

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu