ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिरिक्त समयमा दुई गोल गर्दै कोष्टारिकामाथि ब्राजिलको विजय


एबीसी न्यूज
९ असार २०७५, शनिबार   ६ : १७   बजे

मस्को, ९ असार। विश्वकपको उपाधी दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।
निर्धारित समयसम्म कुनै गोल नभएपछि छ मिनेट थप गरिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमै ब्राजिलका कौन्टीन्होले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए ।

अतिरिक्त समय सकिनै लाग्दा नेइमारले अर्को गोल गरेर ब्राजिलका समर्थकहरुको चाहना पुरा गराएका थिए ।
नेइमारको गोलको व्यग्रप्रतिक्षामा रहेका उनका समर्थकहरूले उनको गोल हेर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई शुक्रबारको खेलमा पनि कोस्टारिकाले निकै गाह्रो पारेको थियो ।
अधिकांश समय बल ब्राजिलका खेलाडीहरुले नियन्त्रणमा लिएर गोलपोष्टमा प्रहार गरेपनि कोस्टारिकाका गोलकिपर केलर नभासले गोल हुनबाट जोगाएका थिए ।

थपेको समयमा बल समात्नेक्रममा लडेर कोस्टारिकाका गोलकिपर घाइते भएपछिको समयलाई ब्राजिलले राम्रैसँग उपयोग ग¥यो ।
ब्राजिलसँगको पराजयसँगै यस पटकको विश्वकपमा कोस्टारिका दुवै खेलमा हारेर स्तब्ध हुने देश बनेको छ । पहिलो खेलमा कोस्टारिका सर्बियासँग हारेको थियो ।

ब्राजिलबाट पनि विश्वकप सुरु हुनु अगाडी जुन तरिकाले अपेक्षा गरिएको छ । त्यो अनुसारको खेल प्रदर्शन हुन सकेको छैन ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि ब्राजिलप्रतिको भरोसामा कमी आएको छ । कोस्टारिकामाथिको जितसँगै खेल सुधार्ने मौका भने ब्राजिलले पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu