ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ: मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
१२ असार २०७५, मंगलबार   ३ : ५६   बजे

 

बुटवल, १२ असार ।  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताए ।


उनले भने , विपद्मा उद्धार, राहत र पुनःस्थापनाको काम देखाउनका लागिभन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्धारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।
।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिए ।

उहाँले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन ।उनले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले रु छ करोडको कोषको व्यवस्था गरेको जानकारी गराए ।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा गरेका छन ।

एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu