ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा नियन्त्रणका लागि आग्रह गर्दै गृहमन्त्रीले भने– लागुऔषधविरुद्ध दलहरुबाट संयुक्त आन्दोलन आवश्यक छ


admin
१२ असार २०७५, मंगलबार   ५ : ०२   बजे

ललितपुर, १२ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गर्नुभयो ।

“राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,” गृहमन्त्री थापाले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको शुरुवात गर्दैछौँ ।”

यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले भन्नुभयो, “यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवालाई यो आन्दोलनकोे मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएरमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।”

लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

गृहले लागुऔषध निषेधलाई गम्भीरताका साथ लिँदै मूलभूत कार्यभारका रुपमा लिएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होइन पूर्णरुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।”

सरकारले विकासका लागि पाँच र १० वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्णरुपमा निषेध गर्ने समयबद्ध योजना बनाएको उहाँले खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएरमात्रै यो सम्भव छैन, यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेत्री एवं सांसद पम्फा भुसालले लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान पाइलट प्रोजेक्टका रुपमा आफ्नो निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं ३ बाट शुरु गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group