ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पदाको संरक्षण गर्न सरकार प्रतिवद्ध : मन्त्री रवीन्द्र


एबीसी न्यूज
१२ असार २०७५, मंगलबार   ६ : ३२   बजे

काठमाडौं,१२ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सम्पदाको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको भन्दै सम्पदा मास्नेलाई कुनै प्रकारको छुट नहुने बताएका छन ।

मन्त्री अधिकारीले सम्पदा अतिक्रमण गर्नेहरुलाई सरकारले कारबाही गर्ने र अतिक्रमण गरिएका जमिन सरकारले फिर्ता ल्याउने समेत स्पष्ट पारेका छन ।

मंगलबार संसद बैठकमा विनियोजन बजेटको छलफलका क्रममा आफनो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले सम्पदाहरूको पुनर्निर्माणको कामलाई छिटो सम्पन्न गर्नका लागी सरकारले प्रयाप्त बजेट बिजियोजन गरेको जानकारी पनि दिए ।

उनले जापान संग हवाईसम्झौता गरिएको भन्दै पहिला जहाज गएका स्थान र नया गन्तव्यमा जहाज पुराउनका लागी सरकारले तिव्र रुपमा काम गरिरहेका बताएका छन । त्यस्तै उनले बायुसेवा निगमलाई नया ढंगले अघि बढाउन साझेदारको खोजी कार्य गरेको जानकारी दिएका छन ।

बैठकमा आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना ल्यानएको र त्यसको कार्यन्वयनका लागि पूर्ण प्रतिवद्ध रहेको बताए ।

मन्त्रालय अन्तर्गतका सबै क्षेत्रको लक्ष्य उदेश्य अनुरूप विधमान परम्परागत नीति, विधि र प्रकृयाहरूमा आमुल सुधारको खाका कोरिसकेको र त्यही अनुरूप अगाडी बढिरहेको उनले बताएका छन ।

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि उठेको प्रश्नको जावफ दिँदै मन्त्री तामाङले अब मौलिक हक सम्बन्धी कानुन असार मसान्तभित्र संसदमा पेश गर्ने जानकारी दिए।

उनले संघीय संसद सुरु भएको दिनदेखि एक वर्ष्भित्र संविधानसँग बाझिएका कानुहरु संशोधन गर्नुपर्ने र त्यसको संशोधनका लागि पनि काम अगाडि बढिरहेका बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu