ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतलाई जग्गा : स्थानीयबासीको सित्तैमा, नगरपालिकाको पैसामा


admin
१३ असार २०७५, बुधबार   ८ : ३७   बजे

काठमाडौं, १३ असार । उच्च अदालत विराटनगरको ओखलढुंगामा अस्थायी इजलास बनाउने जग्गाका विषयमा नगरपालिका र स्थानीय बासिन्दाबीच विवाद देखिएको छ ।

स्थानीय बासिन्दाले व्यक्तिगत जग्गा निःशुल्क दिने बताइरहे पनि सिद्धिचरण नगरपालिकाले भने आफ्नो मातहत रहेको जग्गा बिक्री गर्ने निर्णय गरेको छ ।

उच्च अदालत विराटनगरले च.नं. २०० को वैशाख २५ गते ओखलढुंगाको शिद्धिचरण नगरपालिकाको स्वामित्वमा रहेको जग्गा निःशुल्क वा सशुल्क उपलव्ध गराउन पत्राचार गरेको थियो । सोही पत्रका आधारमा नगरपालिकाको कित्ता नम्बर १५२८ को तीन रोपनी र कित्ता नम्बर १५३० को तीन रोपनी गरी छ रोपनी जग्गा दिने निर्णय गरेको छ । सो जग्गा न्यूनतम मूल्यमा उपलव्ध गराउन सकिने पत्र उच्च अदालतले पाएको छ ।

नगरपालिकाले उपलव्ध गराएको जग्गा उपयुक्त स्थानमा नरहेको भन्दै स्थानीय बासिन्दाले भने आफूहरु अदालतका लागि निःशुल्क रुपमा जग्गा उपलव्ध गराउन तयार रहेको बताइरहेका छन् । नगरपालिकाले उपलव्ध गराएको जग्गा भौगोलिक र वातावरणीय रुपमा उपयुक्त नभएको भन्दै सिद्धिचरण नगरपालिका ४ र ५ का स्थानीय बासिन्दाले आफूहरु जग्गा दिन तयार रहेको बताएका हुन् ।

सिद्धिचरण नगरपालिका ४ का रोजन गुरुङले निःशुल्क जग्गा उपलव्ध गराउन चाहने स्थानीय बासिन्दाको तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ, कामु प्रधान न्यायाधीश दीपकराज जोशी लगायतलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसक्नु भएको छ । ‘अदालत जस्तो सम्मानित कार्यालय भौगोलिक रुपमा र वातावरणीय हिसावले उपयुक्त स्थानमा बनोस भन्ने हो’ गुरुङले भन्नुभयो– नगरपालिकाले दिने भनेको जग्गा भिरालो छ, दिनमा दुई तीन घण्टाभन्दा बढी घाम पनि लाग्दैन ।

स्थानीय बासिन्दाले विभिन्न स्थानमा आफ्नो नाममा रहेको नम्बरी जग्गा रोजेर लिन भनेको छ । प्रदेश नं. १ का सांसद अम्बिरबाबु गुरुङले समेत उपयुक्त स्थानमा अदालत बनाउनका लागि समेत जग्गा दिन तयार देखिनुभएको छ । निःशुल्क जग्गा दिन तयार रहने सांसद गुरुङसहितको लालपूर्जाको फोटोकपी समेत मन्त्री र कामु प्रधानन्यायाधीशलाई बुझाएको निवेदनका साथमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group