काठमाडौं, १९ असार । अखिल क्रान्तिकारीसहितका साना नौ विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक आमहड्ताल फिर्ता भएको छ ।
सिंहदरबारमा सोमबार मध्यरातिसम्म भएको वार्तामा सहमति भएपछि ९ बुँदे सहमति भएपछि शैक्षिक आमहड्ताल फिर्ता भएको हो ।
नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनले तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बिभिन्न शैक्षिक मुद्दाहरू अघि सार्दै उनीहरुले यही असार २०, २१ र २२ गते देशव्यापी शैक्षिक संस्था बन्द आह्वान गरेका थिए ।
वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले शैक्षिक हड्ताल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कानुनअनुसारको कारवाही गर्ने चेतावनीयुक्त विज्ञप्ति सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्