ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालबकैया र बागमती नदीको बढ्दो पानीले रौतहटको दर्जनौ बस्ती त्रसित


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ६ : १७   बजे

रौतहट, १९ असार । वर्षाले जिल्लाको बोधीमाई, परोहा, राजपुर र कटहरिया नगरपालिका लालबकैया खोलाका किनारमा पानीको सतह बढ्न थालेपछि तटिय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । लगातार तीन दिनदेखि पानी परिरहेको र लालबकैया नदीमा पानीको बहाव बढेपछि लालबकैया नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

२०७४ सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमोलालबकैयामा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले लालबकैयामा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । गत वर्ष भारी वर्षा र महा बनिाशकारी बाढीले रौतहटको दर्जनौको ज्यान गएको थियो भने हजारौ बस्ती डुबानमा परी ठाउँ ठाउँमा भत्किएको बाधलाई समयमा नदी नियन्त्रण तथा जल उत्पन्न कार्यालयले मर्मत गर्न नसकेको कारण पूर्ण डुवानमा पर्ने खतराको निशानमा रहेको बौधीमाई, परोहा र राजपुर नगरपालिकाका जनताको मन भित्र डर र त्रास देखिएको हुनाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । नदीमा पानीको बहाव सोमबार बिहान देखि बढन सुरु भएको थियो भने आज केही बेर अघि घटन पुगेको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए । पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।

आईतबार सांझबाट परेको पानीले रौतहटको जनजिवन प्रभावित बन्दै गएको छ । निरन्तर वर्षाले मुख्य शहर गौर, कटहरीया, पिप्रा, बंकुल क्षेत्र तथा ग्रामिण क्षेत्रहरुमा पानी जमेर आवतजावतमा समस्या भएको छ । ग्रामिण क्षेत्रमा चल्लने सार्वजनीक सवारी बन्द भएका छन् । जताततै पानी जमेर विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् । पैदलयात्री अप्ठेरो भएको छ । स्थानिय खोला पैनीहरुको बाढी आएको छ । मुख्य शहर भित्र ढल निकासको व्यवस्थापन नहुंदा पानीको मुहान थुनिएर पानी जमेपछी सडकमै पानी बगिरहेको छ । नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । खोला किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकी लगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ ।

पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको जिल्ला प्रहरी यपरिक्षक रबिन्द्र के.सीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण लालबकैया र बागमती खोलामा बाढी आउने आंशका गरिएको छ ।

रौतहटको बौधीमाई नगरपालिकाको इनर्वा टोल डुबानमा पर्ने भएको छ । सो बाँधलाई बचाउन बौधीमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नेपाल प्रहरी र स्थानीयको सहयोगमा काम गरिरहेका छन् । स्थानीय उपयोग बस्तुहरूको प्रयोग गरि जसरी भएपनि नगर बासीलाई बचाउन तयार रहेको मेयर यादवले बताए । बाौधीमाई नगरबासी पूर्ण बाढीको चपेटमा पर्नुको मुख्य कारण राजनीतिक नै हो जसले आज जनतामा पानीको ठूलो बहाव आउने डर त्रास बढिरहेको मेयर यादवले गुनासो गरेका छन । यसपालिको वर्षातमा पनि बाढी आउने भन्दै त्रसित बनेका छन ।

    

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Imposes Sweeping Sanctions on Iran, Targeting Dozens of Entities

Humanoid Robots Break Records, Shift Focus to Industrial Applications in China

China Advances Legal Framework For Autonomous Vehicles With Draft Law Revisions

China Vows to Protect Interests as US Tightens Iran Sanctions

Trump Administration to Cancel Up to 200,000 Visas in Broadest Revocation Yet

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu