ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चावहिल–बौद्ध जोरपाटी सडकखण्डमा पोखियो जनआक्रोश


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   ७ : १४   बजे

काठमाडौं,२१ असार । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको ध्यानकर्षणबाट पनि सडक निर्माणको कामले गति नलिंदा यसक्षेत्रका बासिन्दा आजित भएका छन् । व्यापार व्यवसाय विस्थापित हुने अवस्थामा पुगेको छ ।

चावहिल हुँदै जोरपाटी, थली साँखु र सुन्दरिजल जाने सकडखण्ड विगत तीन वर्ष देखि निर्माणको प्रतिक्षामा वित्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भए पछि दुई महिना अघि रातारात चावाहिलदेखि ह्यातसम्मको बाटो कालोपत्रे गरियो । तर टुसालदेखि उताको बाटो जस्ताको तस्तै रह्यो । वर्षौसम्म धुलो र हिलोको सास्ती भोगेका स्थानीयबासीन्दाले नरेन्द्र मोदीलाई गोकर्ण रिसोर्टमा राख्नुपर्ने भन्दै व्यङग्य पनि गरे ।

हिँउदको टन्टलापुर घाम अनि धुलो धुँवाले आजित बनेका यसक्षेत्रका बासिन्दा वर्षायाम लागेसंगै हिलो र जलमग्न बाटोबाट पिडित छन् । पानी नपर्दा धुलोले आफ्नै छेउको मान्छे देखिदैन, दैनिक पानी छम्काउदै बस्नुपर्छ । अलिकति वर्षा भयो कि हिलोले सडक वारपार गर्नै कठिन भएको स्थानिय बासिन्दाको गुनासो रहेको छ ।

विनाशकारी भुकम्प पश्चात सबैभन्दा पहिले निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ यही ठाउंमा पर्छ । विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाको अवलोकनका लागि दैनिक सयौ पर्यटक आउजाउ गर्छन् । पर्यटकीय क्षेत्रको रुपमा सुपरिचित बौद्ध क्षेत्र वरपर व्यापार व्यवसाय गरेर आफ्नो गुजारा चलाउने धेरै छन । तर, बौद्धनाथ पुग्ने विदेशी पर्यटकका नजरमा सिंगो देशको चित्र कोरिएको छ, असभ्यताको । सडककै कारण । स्थानीय बासिन्दा, गाडी चालक, पैदल यात्रु कोही भेटिदैनन, कुरुप सडकको पीडा नभोगेको । सडकपेटीमा बसेर व्यापार गर्न त सम्भव नै छैन । लाखौ घरभाडा तिरेर व्यापार व्यवसाय गरेका व्यापारीहरु पनि विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । सडकमा हिड्न सक्ने अवस्था नभएकोले सामान किन्न त परै जाओस ग्राहक पसलसम्म आउन पनि कठिन छ यो सडकखण्डमा स्थानिय ब्यापारी बताउछन् ।

स्थानीय रुपमा भएका समस्याको समधानको जिम्मा स्थानीय सरकारको हो । पछिल्लो समय यो सडक निर्माणको विषय नगरपालिकासंग पनि ठोक्किएको छ । सरकार र ठेकेदार कम्पनीबीच भएको सम्झौताका कारण काम अघि बढाउन स्थानीय सरकार असमर्थ भएको बताउछन, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे । यद्यपी, सरकार र ठेकेदार कम्पनीबीचको सम्झौतामा आफुहरु साक्षी बसेको र साउन १५ भित्र सडक निर्माण भइसक्ने दावी गर्छन मेयर चालिसेले । यदि एक महिनाको अवधिमा पनि काम नभए स्थानीय तहबाट जस्तो सुकै संघर्ष गर्ने उनले दाबी गरे ।

सरकार र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सबीच तीन वर्ष अघि यो सडक निर्माणको सम्झौता भएको थियो । तर स्थानीयबासिन्दासंग मुआव्जा विवाद भएपछि काम रोकियो । ठेकेदारले न त उनीहरुसंग समन्वय गर्यो, नत सरकारले नै समयमा मुआब्जा विवाद टुंग्यायो । कुल योग, सडक तीन वर्षदेखि वर्षामा हिलाम्य भएको छ, हिउंदमा धुलाम्य हुने सडको निमार्ण हुने आशमा सडक बन्द गर्न बाध्य छन् स्थानियबासिन्दाहरु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group