ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु : राज्यमन्त्री अर्याल


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   १ : ४९   बजे

 स्याङ्जा, २३ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका धेरै चुनौतिमध्ये कर्मचारीको दरबन्दी पनि एक हो ।

राज्यमन्त्री अर्यालले आफ्नो दरबन्दी एकातिर राखेर विदेश पढ्न जाने तर उक्त ठाउँमा अर्को कर्मचारी नहुने भएकाले सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन निक्कै कठिनाई भइरहेको उल्लेख गर्दै यस विषयमा आफू गम्भीर भएको छु भन्नुभयो ।

जहाँ दरबन्दी छ, सोही ठाउँमा कर्मचारीले अनिवार्य सेवा गर्नुपर्छ, होइन भने राजीनामा दिएर त्यो ठाउँ खाली गरिदिनुपर्छ, उहाँले भन्नुभयो, “यो नियमलाई कडाइकासाथ लागू गर्ने तयारीमा मन्त्रालय रहेको छ ।”

राज्यमन्त्री अर्यालले राज्यले दिएको छात्रवृत्तिमा अध्ययन गर्ने तर राज्यले खटाएको ठाउँमा नजाने जुन प्रवृत्ति छ, यसको अब अन्त्य हुनुपर्छ भन्दै कर्मचारीलाई पाँच वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउनका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

सरकार प्रत्येक पालिकामा एउटा अस्पताल र प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी बनाउने गरी अगाडि बढेको बताउँदै उहाँले स्वास्थ्यका क्षेत्रमा सर्वसाधारणले परिवर्तनको अनुभूति पाउने गरी कार्य हुनेमा विश्वस्त हुन सबैमा आग्रह गर्नुभयो ।

राज्यमन्त्री अर्यालले डा केसीका मागप्रति सरकार केहीमा सहमत भए पनि मेडिकल कलेज खोल्न नदिनेप्रति भने सहमत हुननसक्ने उल्लेख गर्दै अनसनरत गंगामायाको विषय द्वन्द्वसित जोडिएको हुनाले जटिल र संवेदनशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu