काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्यमा वृद्धि भएको छ। यता युरो र बेलायती पाउन्डसहित केही प्रमुख विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। यो दर बुधबारकै बराबर हो।
यसअघि गएको जेठ ७ गते अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
युरो र पाउन्डको मूल्यमा गिरावट
आज एक युरोको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा तोकिएको छ। बुधबार युरोको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा रहेको थियो।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि सामान्य घटेको छ। आज एक पाउन्डको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसाकायम गरिएको छ। बुधबार खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा थियो।
अस्ट्रेलियन डलर र बहराइन दिनार महँगियो
आज अस्ट्रेलियन डलरको मूल्य बढेको छ। एक अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। बुधबार यसको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा थियो।
त्यसैगरी, बहराइन दिनारको मूल्य पनि सामान्य बढेको छ। आज एक बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
कुवेती दिनारको विनिमयदर भने स्थिर रहेको छ। एक कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा कायम छ।
नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्