ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : १५   बजे

काठमाडौं । रसुवा जिल्लामा भदौ १० गते बिहान आएको विनाशकारी बाढीका विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विस्तृत प्राविधिक प्रतिवेदन तयार पारेको छ।

महाशाखाले तयार पारेको ‘२०८३ भोटेकोशी–त्रिशूली–नारायणी बाढीसम्बन्धी प्राविधिक प्रतिवेदन’ अनुसार, २०८३ भदौ १० गते बिहान ९:०५ बजेरसुवा जिल्लास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना महाशाखालाई प्राप्त भएको थियो।

प्राप्त सूचना र उपलब्ध तथ्यांकको विश्लेषणपछि भोटेकोसी हुँदै आएको बाढी त्रिशूली नदीमा प्रवेश गरी क्रमशः तल्लो तटीय क्षेत्रतर्फ फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

९:१५ बजेदेखि पूर्वसूचना र सतर्कता सन्देश

महाशाखाले बाढीको सूचना प्राप्त भएपछि बिहान ९:१५ बजेदेखि नै उपलब्ध जलसतह, बाढीको बहावको यात्रा तथा विभिन्न स्थानबाट प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा निरन्तर पूर्वसूचना तथा सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ।

प्रतिवेदनमा भनिएको छ कि समयमै प्रवाह गरिएको सूचना र सतर्कताका आधारमा धेरै नागरिकले सुरक्षित स्थानमा पुगेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्।

भोटेकोसीदेखि नारायणी–देवघाटसम्म बाढीको प्रभाव

महाशाखाको प्रारम्भिक प्राविधिक विश्लेषणअनुसार भोटेकोसीमा प्रवेश गरेको ठूलो बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्र पार गर्दै नारायणी–देवघाट क्षेत्रसम्म पुगेको थियो।

प्रतिवेदनमा बाढीको समय, बहावको यात्रा, विभिन्न नदी तटीय क्षेत्रमा देखिएको प्रभाव तथा उपलब्ध जलसतहसम्बन्धी तथ्यांकलाई समेटिएको बताइएको छ।

यो प्रतिवेदनले रसुवा–नुवाकोट हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिएको बाढीको घटनाक्रमलाई प्राविधिक रूपमा अध्ययन गर्दै भविष्यमा यस्ता आकस्मिक बाढीको पूर्वसूचना प्रणाली, सीमापार सूचना आदानप्रदान र तटीय क्षेत्रको विपद् तयारीलाई अझ प्रभावकारी बनाउन आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

हिमालको बदलिँदो भूगोल : रसुवा बाढीदेखि गण्डकीका हिमतालसम्म बढ्दो जलवायु जोखिम

बाढीपछि पशुजन्य रोगको जोखिम बढ्न नदिन विशेष टोली परिचालन गर्न निर्देशन

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu