ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे

 

काठमाडौँ । रसुवा र नुवाकोटमा फेरि ठूलो बाढी आउन लागेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका सूचनाप्रति बाढी पूर्वानुमान महाशाखाले ध्यानाकर्षण गराएको छ। महाशाखाले ती सूचना अपुष्ट र निराधार रहेको स्पष्ट पारेको छ।

महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषणबाट रसुवा र नुवाकोट क्षेत्रमा तत्कालै अर्को विनाशकारी बाढी आउने सम्भावना देखिएको छैन। नागरिकलाई सामाजिक सञ्जालमा फैलिरहेका हल्ला र अपुष्ट सूचनाको पछि नलाग्न पनि आग्रह गरिएको छ।

पछिल्ला केही दिनदेखि उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदी तथा खोलाहरूको बहावमा केही वृद्धि हुन सक्ने भए पनि तत्काल ठूलो र विनाशकारी बाढी आउने संकेत प्राप्त नभएको महाशाखाले जनाएको छ।

नेपालतर्फ असामान्य रूपमा ठूलो बाढी आउने सम्भावना देखिएमा सीमाक्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी नागरिकलाई तत्काल जानकारी गराइने महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित जोखिमबारे एसएमएस तथा उपलब्ध अन्य सञ्चार माध्यमबाट आधिकारिक पूर्वसूचना जारी गरिने स्पष्ट पारेको छ। नागरिकलाई बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

अफवाहभन्दा आधिकारिक सूचना विश्वास गर्न आग्रह

रसुवा र नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा हालै आएको विनाशकारी बाढीपछि स्थानीयवासी त्रसित रहेका बेला सामाजिक सञ्जालमा फेरि ठूलो बाढी आउने भन्दै विभिन्न अपुष्ट सूचना फैलिएका छन्।

महाशाखाले नदीहरूको बहाव र मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाएको छ। कुनै पनि आपत्कालीन अवस्था सिर्जना हुने संकेत देखिएमा सम्बन्धित निकायमार्फत तत्काल सूचना सार्वजनिक गरिने बताइएको छ।

महाशाखाले नागरिकलाई हल्ला र त्रास फैलाउने सूचनाबाट प्रभावित नहुन, तर आधिकारिक चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

Judge Denies Bid to Force Texas to Extradite ICE Agent

US Disrupts Alleged Chinese Hacking Operation Targeting Government Agencies

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Kills Three, Leaves Hundreds Missing

Chinese Premier Urges Focus on Autumn Grain Harvest

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu