ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ७ : २१   बजे

काठमाडौं, २४ असार । विश्वकप फुटबल आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो ।

अब उसले इंग्ल्याण्डको सामना गर्नुपर्ने छ ।रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।

तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्‍याकिटिकले गोल गर्दै क्रोएसियालार्इ सेमिफाइनलमा पुर्‍याएका छन् ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।

अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् ।

यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ ।

बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group