ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ५० करोड ७२ लाख ८७ हजार


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   ८ : २२   बजे

ललितपुर, २६ असार। ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

महानगरपालिकाले सोमबनर आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताउनुभयो । संघीय सरकारबाट ८९ करोड ७८ लाख रुपैयाँ आयको अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट तीन करोड रुपैयाँ र आन्तरिक स्रोत एक अर्ब ७७ करोड ५४ लाख एक हजार रुपैयाँ आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विकासको शुरुवात महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौँ ।”

सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति (१० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भन्नुभयो, “अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।” प्रदेशसभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने आैँल्याउनुभयोे । नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group