ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका नदिमा २ वर्षभित्र पानी जहाज चलाउन सकिने


एबीसी न्यूज
३१ असार २०७५, आइतबार   ६ : ४१   बजे

काठमाडौं,३१ असार । नेपाल प्राथमिकता दिएर काम गरेमा अबको २ वर्षभित्र नारायणी नदीमा पानी जहाज चलाउन सकिने भएको छ ।

नेपाली र भारतीय अधिकारीहरुबिच काठमाडौंमा भैरहेको छलफलले तिब्र गतीमा काम गरेमा अबको २ बर्षभित्र नारायणी नदीमा पानीजहाज चलाउन सकिने निष्कर्ष निकालेको हो ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको छलफलको नेतृत्व नेपालको तर्फबाट जल तथा उर्जा आयोजका सहसचिव माधव वेल्वासे र भारतको तर्फबाट भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेले गरेका छन् । प्रारम्भिक छलफलले भारतले पनि नेपालका जस्तै नदीमा पानीजहाज चलाइरहेको र नेपालले पनि छिटै नै चलाउन सक्ने निष्कर्ष निकालेको वार्तामा सहभागी जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेले बताए ।

‘नेपालमा जल यातायातलाई निकै नै ठुलो विकासको आयोजना र सपनाको आयोजना भनिएको रहेछ, तर यो त छोटो समयमै पुरा हुने परियोजना हो’ भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका वरिष्ठ अधिकारी प्रवीर पाण्डेले छलफल कार्यक्रमा बताएको जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेले जानकारी दिए ।
आइतबारको छलफलमा भारतले अहिले कुन कुन नदीमा कसरी पानी जहाज चलाइरहेका छन्, बन्दरगाहको कसरी व्यवस्थापन गरेको छ, भारतले अहिले निर्माण गरिरहेका जल यातायातको अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
नारायणीमा पानीजहाज चलाउन सजिलो

आज भएको छलफलमा भारतबाट आएका भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञले नेपालमा पानीजहाज चलाउन सकिने÷नसकिने भन्दा पनि कसरी चाँडै चलाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रीत गर्न सुझाव दिएका थिए ।
छलफलमा नेपालको तर्फबाट पानीजहाज/जल यातायातको लागि कोशी र नारायणी नदी उपयुक्त रहेको भन्दै केहि तथ्य प्रस्तुत भएको थियो । त्यसलाई हेर्दा भारतीय विज्ञले नारायणी नदी विशेषगरी गण्डक ब्यारेज वरपरसम्मको भागमा पानीजहाज चलाउन सजिलो हुने प्रतिक्रिया दिएका थिए ।

‘तुलनात्मक रुपमा कोशी नदीमा भन्दा नरायणी नदीमा पानीजहाज चलाउन सजिलो हुने देखिएको छ’ भारतीय विज्ञलाई उद्धृत गर्दै जल तथा उर्जा आयोजनाका सह सचिव वेल्वासेले भने, ‘अर्को मनसुनसम्म अध्ययन पुरा गर्न सकिन्छ र त्यसको एक डेढ बर्षमा त जहाज नै चलाउन सकिन्छ, त्यसको लागि गण्डक ब्यारेजको आसपासमा अस्थायी स्टेशन बनाउन सकिन्छ ।’
उत्साहित मात्रै नभई नेपालले यो क्षेत्रलाई गम्भिर भएर काम गर्नुपर्नेमा भारतीय पक्षको सुझाव थियो । भारतले पनि अमेरिका र बेलायतबाट प्राविधिकहरु ल्याएर सुरुमा अध्ययन गरेकोले नेपालले पनि चाँडै नै विदेशी प्राविधिक ल्याएर अध्ययन थालिहाल्नुपर्ने सुझाव पनि भारतीयले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group