ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार – प्रहरी


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ६ : ३७   बजे

काठमाडौं, ६  साउन ।  नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालनातर्फ सचेत गराएको हो । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न गराउन सबैसँ आग्रह गर्नुभयो । प्रहरी संगठन सधैं नागरिकको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उहाँले नागरिक सुरक्षाको प्रतिवद्धता जनाउनुभयो ।

शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रदर्शनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

शनिबार काठमाडौंमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा प्रहरीतर्फ ११ जना र प्रदर्शनकारीतर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जनभन्दा धेरै घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu