ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको शीर्ष वरियतामा ओली, सचिवालय बन्यो शक्तिशाली


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   १२ : ५४   बजे

 

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ ।

स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरुबाट प्राप्त सुझावका आधारमा विधान र नियमावलीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अध्ययनपछि महासचिव विष्णु पौडेलले प्रकाशनका लागि पठाएका छन् ।

अन्तरिम विधान १७ अध्याय ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठको रहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यस्तै, नियमावली २९ धारासहित ५० पृष्ठको छ । विधानको व्याख्यासहित नियमावलीले पार्टी कमिटीहरु सञ्चालनको लागि मार्गदर्शन गर्छ । पार्टी केन्द्रीय कमिटीले पारित गरेको विधानका केही प्रावधान हेरफेर गरिएको छ ।

यसअघि निर्धारित कमिटीहरुको आकार बढाइएको छ । त्यस्तै, अध्यक्षद्वय ओली र प्रचण्डले बैठकको अध्यक्षता पालैपालो गर्नै भनिएकोमा अब एकसाथ गर्नेछन् । आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाइएपछि अब नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने भएका छन् ।

यसअघि जसले वैठकको अध्यक्षता गर्‍यो उसको वरियता शीर्षस्थानमा रहने भनिएको थियो । तर, अब बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्नेछन् भने पत्राचार तथा सर्कुलरमा दुबै अध्यक्षको हस्ताक्षर हुनेछ ।

भदौ पहिलो साताको लक्ष्य

नेकपाको प्रदेश कमिटी र जिल्ला कमिटी भदौ ३ भित्र एकीकरण गरिने भएको छ । प्रदेश कमिटीको अध्यक्ष र सचिव कार्यकारी हुनेछन् । प्रदेश कमिटीको अध्यक्ष र सचिव कार्यकारी हुनेछन् । प्रदेश कमिटीको अध्यक्ष सह-इञ्चार्ज रहनेछन् । प्रदेश कमिटीमा इन्चार्ज सह-इन्चार्ज रहनेछन् । प्रदेश कमिटी अध्यक्ष केन्द्रीय कमिटीबाटै तय गर्ने तर प्रदेश अधिवेशनपछि भने निर्वाचन हुने व्यवस्था गरिएको छ ।

१५१ सदस्यीय प्रदेश कमिटीमा एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिनेछ । यसअनुसार कर्णालीमा १७५ सदस्यीय सबैभन्दा सानो कमिटी हुनेछ भने प्रदेश ३ मा ३१७ सदस्यीय सबैभन्दा ठूलो कमिटी बन्नेछ । यो संख्या सो प्रदेशमा कार्यरत केन्द्रीय सदस्य समावेश छैनन् ।

स्रोतका अनुसार एकीकरण गर्दा प्रदेश कमिटी इञ्चार्ज र अध्यक्ष पूर्वएमाले र पूर्वमाओवादी मिलाएर समायोजन गरिनेछ । त्यस्तै, जिल्ला कमिटीमा पनि इञ्चार्ज, अध्यक्ष र सचिव हुनेछन् । आवश्यकता अनुसार जिल्लामा सहइन्चार्ज पनि राखिने एक नेताले बताए ।

नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये डेढ सयलाई केन्द्रमा राखेर अरु सबैलाई जिल्ला, प्रदेश र स्थानीय तहमा खटाइने सचिवालय सदस्य बामदेव गौतमले बताए । यसो गर्दा केन्द्रीय सदस्य स्थानीय तहको इन्चार्ज पनि हुनेछन् ।

नियमावलीमा केन्द्रीय कमिटी वैठक ६ महिनामा पोलिब्यूरो ४ महिनामा र स्थायी कमिटी वैठक ३ महिनामा बस्ने व्यवस्था गरिएको छ ।

स्थायी कमिटी ३ महिनामा मात्र बस्ने भएपछि नेकपाको सचिवालय ‘कार्यकारी निकाय’ का रुपमा थप बलियो बन्ने भएको छ । ९ सदस्यीय सचिवालयले महत्वपूर्ण कामहरु गर्नेछ । प्रदेश, जिलला र स्थानीय तहमा पनि केन्द्रको हाइकमाण्डजस्तै संयन्त्र खडा हुने भएका छन् । प्रदेश, कार्यालय ७ सदस्यीय हुनेछ भने जिल्लामा ५ सदस्यीय र स्थानीय तहमा ३ सदस्यीय कार्यालयले तत्कालीन काम गर्नेछन् ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटी र सम्पर्क समन्वय कमिटी बाहेक अन्य सबै कमिटीहरु निर्वाचित हुनेछन् । भूगोलका ७७ जिल्ला कमिटीबाहेक काठमाडौंमा ४ वटा विशेष जिल्ला कमिटी रहने व्यवस्था गरिएको छ ।

विगतमा एमालेले अभ्यास गरेको मजदूर, विद्यार्थी र पेशागत विशेष जिल्ला कमिटीमा उद्यमी व्यवसायी विशेष जिल्ला कमिटी थपिएको छ । विद्यार्थी, युवाको लागि एउटै विषेश जिल्ला कमिटी बनाइने भएका छन् ।

त्यस्तै, ७ वटा प्रदेश सम्पर्क समन्वय कमिटीलाई पनि विशेष जिल्ला कमिटी सरह मान्यता दिएर जिल्ला कमिटीको संख्या ८८ पुर्‍याइएको छ ।

यस्तो हुने भयो मर्यादाक्रम

भातृ संगठनका अध्यक्षहरुको मर्यादाक्रम राष्ट्रिय परिषद् सदस्य सरह हुने र अन्य पदाधिकारीको मर्यादा प्रदेश सदस्य सरह हुनेछ । केन्द्रीय सदस्यहरु जिल्ला कमिटी सदस्य सरह हुने तथा केन्द्रीय विभागका सदस्यहरु प्रदेश कमिटी सदस्यको हैसियतमा रहेनछन् ।

अनुशासन आयोग, निर्वाचन अयाोग र केन्द्रीय लेखा परीक्षक आयोगका अध्यक्ष स्थायी कमिटी सदस्य सरह हुनेछन् । ती आयोगका सचिव पोलिटब्यूरो सदस्य सरह हुनेछन् भने आयोगका सदस्यहरु केन्द्रीय सदस्य सरह हुनेछन् । आयोगहरु ३१ सदस्यीय हुनेछन् ।

२२१ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्को मर्यादाक्रम पनि अन्य आयोगको सरह हुनेछ । आवश्यकता अनुसार जेष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने व्यवस्था विधानमा गरिएको छ ।

धिान र नियमावली पारित भएसँगै नेकपाको सांगठानिक संरचनाहरु यसअघि तत्कालीन एमालेले गरेको अभ्यास अनुसार खडा हुनेछन् । तत्कालीन माओवादीमा सांगठानिक संरचनाहरु संस्थागत नभएकाले एमालेको मोडलमा लगिएको हो ।

एक नेताका अनुसार तत्कालीन माओवादीमा संगठन संरचना स्थिर नभएको र नियमावलीविनै चलेकाले पार्टी सञ्चालनको मोडलमा पूर्व एमालेको अभ्यास अनुसरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group