ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै सात प्रतिशत खेत बाँझै


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   ३ : ०१   बजे

 

पर्वत, २० साउन । जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ ।

सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

यस वर्ष समयमै वर्षा शुरु भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा नहर भत्किँदा झण्डै २०० रोपनी खेतमा धान रोपाइँ हुन सकेको छैन । फलेवासमा सडक निर्माणले नहर पुरिँदा रोपाइँ हुन सकेको छैन ।

कुश्मा नगरपालिकाका खौलालाकुरी, ठूलीपोखरी, पकुवा, दुर्लुङ, पिपलटारी र आर्थर, फलेवास नगरपालिकाका कार्कीनेटा, शंकरपोखरी, थापाठाना र भँगरा तथा मोदी गाउँपालिकाका देउपुर, देउराली, बाजुङ लगायतका स्थानमा असारमै रोपाइँ सकिएको थियो । महाशिला, पैँयु र विहादी गाउँपालिकाका खाली जमीनमा पनि समयमै रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिनमध्ये बाह्रै महिना सिँचाइ सुविधा पुगेको झण्डै सात हजार हेक्टर जमिन छ ।

सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर तथा कम उत्पादन हुने बनौँमा चार हेक्टर जमिन रहेको छ । जिल्लामा छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu