ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामा व्यापारीकरण भएको छ : सांसद गजुरेल


admin
२० श्रावण २०७५, आइतबार   ४ : १५   बजे

सिन्धुली, २० साउन । नेकपा (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद हरिवोल गजुरेलले निजिकरण र उदारीकरणका नाममा नेपालमा शिक्षाजस्तो मौलिक हकलाई व्यापारीकरण गरिएको बताउनुभएको छ ।

उहाँले पँुजिवादी देशमा समेत शिक्षा निःशुल्क रहेको चर्चा गर्दै नेपालजस्तो विकासोन्मुख देशमा गुणस्तरीय शिक्षालाई जनताको पहुँचमा ल्याउन आवश्यक भएको बताउनुभयो ।

रुपान्तरणका लागि नागरिक अभियान सिन्धुली (सिप्mट) द्वारा सिन्धुलीमाढीमा आइतबार आयोजित ‘बदलिदो सन्दर्भमा समाजवादी शिक्षा’ विषयक अन्तत्र्रिmयामा पूर्व मन्त्री गजुरेलले भन्नुभयो–“युवा श्रमको संवाहक हो, तर नेपालमा श्रमलाई सम्मान गरिन्न । त्यसैले युवा रोजगारीका लागि विदेश पलायन भएका छन् ।”

कार्यक्रममा उच्चस्तरीय शिक्षा आयोगका सदस्य तथा पूर्व सांसद श्याम श्रेष्ठले नेपालको संविधानले समाजवाद उन्मुख बाटो समातेकाले अबको नेपाली शिक्षा समता मुलक र समावेशी हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो–“वर्गअनुसारको शिक्षा होइन, सबै वर्गलाई एकैखालको शिक्षा, जसमा व्यवहार उपयोगी शिक्षा समावेश गरिएको हुन्छ, त्यस्तो समाजवादी शिक्षा आवश्यक छ ।”

समाजवादी शिक्षाबारे चर्चा गर्दै उहाँले भन्नुभयो–“समाजवादी समाज श्रमिकहरुको हो त्यसैले यो शिक्षाको उद्देश्य श्रमप्रेमी समाजको निमार्ण गर्नु हो । श्रमप्रेमी, समुदायमुखी जागृत मानिस उत्पादन गर्नु मुख्य त यो शिक्षाको मान्यता हो ।”

उहाँले भन्नुभयो–“समाजवादी शिक्षा लागु भएपछि माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने छ । उच्च शिक्षामा गरिव दलित तथा पिछडिएको वर्गका लागि निःशुल्क, सामान्य परिवारका लागि न्यून शुल्क र संभ्रान्त परिवारका लागि महङ्गो शिक्षाको व्यवस्था गरिने छ ।”

उहाँले क्युवा, स्वीडेन, डेनमार्क, स्वजरल्याण्डलगायत देशमा सम्पूर्ण शिक्षा निःशुल्क रहेको चर्चा गर्दै नेपालमा पनि निःशुल्क र अनिवार्य शिक्षा संभव भएको बताउनुभयो ।

रुपान्तरणका लागि नागरिक अभियान सिन्धुली (सिप्mट) का संयोजक एकलाल श्रेष्ठले रोजगारी मुलक, व्यवहारमुखी, सिपयुक्त शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै श्रमलाई सम्मान गर्ने व्यवहारवादी शिक्षाले नै मुलुकको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नेपालमा कृषि क्षेत्रको विकासविना आर्थिक समृद्धि सम्भव नभएको चर्चा गर्दै किसानमा रहेको पुस्तौली ज्ञान, अनुभव तथा व्यवहारलाई आधुनिक समेतसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सांसद विषमलाल अधिकारी दनुवार, नेपाल शिक्षक युनियनका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद ढकाल, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार, शिक्षाविद् डा. हरिप्रसाद पोखरेललगायतले कार्यपत्रमाथि टिप्पणीसहित आप्mनो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सिप्mटका अभियन्ता द्वारिका काफ्लेले कार्यक्रमको उद्देश्यसहित स्वागत र टोम प्रसाद काफ्लेले समाजवादी शिक्षाका सन्दर्भमा धारणासहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group