बझाङ,२० साउन । प्राविधिक शिक्षातर्फ पैसाको चलखेल भएको भन्दै आईतवार संयुक्त विधार्थी सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
जिल्लामा रहेको जालपा माध्यामिक विद्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा विधार्थी भर्ना प्रकृयामा देखीएको र अनियमिता गरेको भन्दै सँयुक्त रुपमा विधार्थी नेता तथा अनेरास्वभियु क्रान्तिारीका जिल्ल अध्यक्ष रामचन्द्र रोकाया,अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा बुझाएको हो ।
विधार्थीको टोलिले बुझाएको ज्ञापनपत्रमा निष्पक्ष,मर्यादित, र क्षमतावान विधार्थीहरुलाई विधालयमा ल्याउन अनुरोध पनी गरेको छ ।
सँयुत्त
विधार्थी सँङ्गठनहरुले बुझाएकोे ज्ञापन पत्रबुझ्दै प्रमुखजिल्लाअधिकारी प्रेम सिहँ कुवरले विधार्थी नेताहरुकोे मागलाई पुरा गरी छाड्ने बताउनु भएको छ ।
ज्ञापनपत्रमा भनिएको छ,समावेसि तथा आरक्षणका हकमा सोहि समुहबीच प्रतिस्पर्धा गरीयोस,विधार्थीहरुबाट उठाईने शुल्कमा गरीएको वृद्धि तरुन्त घटाईयोस विधार्थीहरु पुस्तकालय प्रयोगशाला र प्रतियोगितात्मक फिल्ड कृषितथा पशुपालन क्षेत्रको प्रयाप्त ब्यावस्था गरीयोस,प्रवेस परीक्षा स्वच्छ तथा निष्पक्ष लिईयोस भन्दै ज्ञापनपत्र बुझाएको भनी अनेरास्ववियुका जिल्ला सदस्य दिपक बोहाराले बताएका छन ।
विधालय समितीले विधार्थीहरुवाट महङगा शुुल्क असुलेको र प्राविधिक शिक्षातर्फ छात्रवृत्ति कोटा खोलेको भएतापनि विज्ञापनमा नटासेको र छात्रवृत्ति कोटामा ३ जनाको मात्र निवेदन परेको विद्यायमा मा चलखेल भएको आरोप लगाएका छन ।
यदि विद्यालयमा कुनै पैसाको चलखेल भए ज्ञापनपत्रमा भनिएका कुराहरु लागु नगरे आफुहरु कडा आन्दोलनमा उत्रिने विधार्थी नेताहरुको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्