ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो श्रीमतीको आश्वासन दिएपछि…


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ११ : ३१   बजे


भीमदत्तनगर, २२ साउन । डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन)लाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा पर्नुभयो । कलिलो उमेरमै विवाह गर्नुभएकी नन्दिता श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा पर्नुभयो ।

नन्दिताको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौँ प्रलोभनमा पारेर भारत लग्दैगरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो । पाण्डेयले नन्दितालाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पतिसमेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले नन्दितालाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले गत असार २३ गते नन्दिताको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ ।

“नन्दिताका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्”, थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले  भन्नुभयो । आर्थिक अवस्था निकै कमजोर भएपछि नन्दिता दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले नन्दितालाई विवाह गर्ने प्रलोभन दिएको नेपालीले बताउनुभयो । विवाहपछि भारतमै बस्दै आएका नन्दिताको श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

लामो प्रयासपछि मानव बेचबिखनमा सक्रिय पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरिएको हो । “नन्दिताको गहनासमेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो,” थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपाललीले भन्नुभयो । नन्दितालाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हँुदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।

प्रहरीको सहयोगमा पक्राउ गरी अहिले पाण्डेयमाथि कानूनी कारबाही अघि बढाइएको छ । “अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीनवटी श्रीमती रहेको खुलेको छ,” नेपालीले भन्नुभयो, “दुईवटा श्रीमती घरमै छन्, अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।”

थ्री एन्जल्सले उद्धारपछि नन्दितालाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । “पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु,” नन्दिताले भन्नुभयो । पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group