ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   १० : १४   बजे

काठमाडौं, २३ साउन। महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

ठगी सम्बन्धी १०२, सार्वजनिक अपराधका ७६, विद्युतीय कारोबार ऐन ६२, चोरी ४५, बैकिङ कसुर २९, सरकारी छापा दस्तखत किर्ते सम्बन्धी १५, मानव बेचविखन तथा ओसारपसार १२, भन्सार राजश्व छली ११ तथा कर्तव्य ज्यान सम्बन्धी १० वटा मुद्दा दर्ता भएको अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उप्रेतीका अनुसार महाशाखाले ४०९ अपराधका घटनामा ६६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा २० विदेशी नागरिकसमेत छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सामाजिक सञ्जालबाट सिर्जना भएका घटनामा वृद्धि भएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै विद्युतीय कारोबार ऐनका घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu