काठमाडौं, २३ साउन । बारापक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट (शुरेन्द्र)ले मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
विरामीलाई उपचारकोलागि छिटो भन्दा छिटो स्वास्थ्य संस्थासम्म पु¥याउन सहज पुगोस भन्ने उदेश्यले एम्वुलेन्स हस्तान्तरण गरिएको हो ।
मंगलबार बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ को कार्याल सौरपानीमा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख अनिता पनेरुलाई अध्यक्ष भट्टले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्वुलेन्स खरिदकालागि स्थानीयबासी ईश्वर पनेरूको समितिले केही रकम संकलन गरेका थिए तर उक्त रकम अपुग भएपछि अध्यक्ष भट्ट गाउपालीकाबाट पाँच लाख रक्कम सहयोग गरेका थिए । स्थानियबासीको उक्त कार्यमासाथ दिन अध्यक्ष भट्ट ब्यक्ति सस्था र प्रशासनीक रुपमा धेरै संग समन्वय गरेर गाउपालीमा एम्वुलेन्स ल्याउन सफल भएको र अध्यक्ष भट्टको योगदान धेरै रहेको स्थानियबासी मोहन ढकालले बताए ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष भट्टले गाउपालीकाको विकासका लागि धेरै छ, म हाम्रो राम्रो गाउपालीलका बनाउन सदैव साथ दिने र गाउपालीका बाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुँसाई गर्दिन ।
कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर गुरुङ वडा सदस्य जानुका पनेरु कालु नेपाली साथै संयोजक ईश्वर पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्