बाजुरा २ भाद्र । शुक्रवार रातिदेखि परेको ठुलो वर्षातका कारण बुढीगंगा नगरपालिका– १ कुडिका नन्दे करीको घर भत्तकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ४५ वर्षकी कला करी रहेकी छन् भने मृतकका श्रीमान नन्दे करी घाईते भएका छन् । घाईतेको उपस्वास्थ्य चौकी ब्रहमतोलामा उपचार भईरहेको छ । उक्त गाउमा तीन घर पहिरोले परि भत्कीएका छन् । त्यस्तै सोहि गाउँ मुसी मा चन्द्र रावतको गोठ भत्कदा एक जना समान्य घाईते भएका छन् भने २ गाई १० बख्रा १ गोरु मरेको छ । पहिरोमा पुरिएकाहरुको उदारका लागि जिल्ला प्रहरी कार्यालयको टोली र नेपाल आर्मी सहितको टोली उद्धारकोलागि खटिएको बाजुराका प्रहरी प्रमुख सागर वोहोराले बताए । वडामा ५० भन्दा बढी पहिवार पहिरोको जोखिममा परेका छन्
प्रतिक्रिया दिनुहोस्