ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   १२ : २३   बजे

तुलसीपुर, २ भदौ । यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।

पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६.३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५.५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको स्थानीय बताउँछन् ।

ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ ।

पाण्डवेश्वर महादेव धामसम्म सडकको कालोपत्रेसँगै आवतजावत गर्न सजिलो भएको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारणले पनि त्यहाँ जाने जो कोही पनि रमाउने गर्दछन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको पर्यटन विकास लागि झण्डै रु ९० करोड बढीको गुरुयोजना बनाउन लागिएको धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

. उहाँका अनुसार सुनकोट डाँडासम्म चार हजार ९६३ सिंडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम गरिने छ । प्रदेश नं ५ ले यहाँको विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu