ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग¥यो वीरता जेसीजले वातावरण बचाउन वृक्षरोपण


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   १ : ४५   बजे


बिर्तामोड, २ भदौ । पृथ्वीमा बढ्दो तापमान सन्तुलनको सन्देश दिदै वातावरण संरक्षणमा टेवा पु¥याउन वीरता जेसीजले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वनको क्षेत्रमा जेसीज वनसँगै रहेको खाली भू–भागमा वृक्षरोपण गरिएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष जयनारायण ढुंगानाले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक संस्थाका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले स्वागत तथा वातावरण संयोजक वीरबहादुर दर्नालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा आस्थावाचन कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले गरेका थिए ।

महासचिव कमलप्रसाद पाण्डे विनोदले सञ्चालन गरेको कार्यक्रममा जेसीआई मिसन र भिजन वाचन दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठले गरेका थिए । जिल्ला वन कार्यालय झापाको सहयोगमा टिक, मलेसियन साल, मसला लगायत विभिन्न जातका एक सय बढी बिरुवा उक्त क्षेत्रमा रोपिएको हो ।

वीरता जेसीजले यसवर्ष आफ्ना कार्यसमिति तथा संयोजक एवम् सदस्यहरुको जन्मदिन फरक ढंगले मनाउने कार्यको थालनी गरेसँगै शाखा सम्पादक तुलसीप्रसाद निरौलाको जन्मदिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको थियो । जन्मदिनको अवसरमा निरौलाले आफै संयोजक रहेर कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

उक्त कार्यक्रममा बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगतबहादुर मगर, प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजप्रसाद सुवेदी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्त परियार, जुनकिरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, उक्त विद्यालयका अध्यक्ष तीर्थबहादुर राई, अर्जुनधारा –११ का वडासदस्य मोहन योगी, प्रगति युवा क्लवका अध्यक्ष नरबहादुर विश्वकर्मा, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता विमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमली, पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, वीरता जेसीजका निर्वतमान अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, उपाध्यक्ष कामना उप्रेती, स्वाथ्य संयोजक स्वस्तिका आचार्य, रेड स्टार फुटबल क्लवका अध्यक्ष राजकुमार विश्वकर्मा, विश्वास कृषि फर्मका सञ्चालक डम्बर चौधरी, कनकाई एजुकेशन फाउण्डेशनकी संस्थापक अञ्जना ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

बिर्तामोडबाट पूर्वउत्तर करिब तीन किलोमिटर दुरीमा रहेको उक्त क्षेत्रमा रहेको खाली भू–भागमा जेसीजले गरेको वृक्षरोपणबाट बढ्दो शहरीकरण भइरहेको अवस्थामा वातावरण सन्तुलनमा महत्वपूर्ण टेवा पुग्ने सहभागीहरुले बताएका छन् ।

वातावरण सन्तुलनका लागि हरियाली बढाउनुपर्ने र त्यसका लागि वृक्षरोपणको विकल्प नभएकोले जेसीजले गरेको कार्य प्रसंशनीय भएको उनीहरुको भनाइ थियो ।

जेसीजले झैं अरुले पनि वातावरण संरक्षणका लागि वृक्षरोपण लगायतका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । उक्त क्षेत्रमा भएको वृक्षरोपणको संरक्षणका लागि जेसीजसँगै प्रगति सामुदायिक वन, बन्दी सहायता नेपाल, जुनकिरी विद्यालय तथा स्थानीयबासी अग्रसर हुनुपर्ने समेत सो अवसरमा सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu