ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगिए उपभोक्ता गहना खरीद बिक्रीको मापदण्ड नहुँदा


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   ३ : २५   बजे

चितवन, २ भदौ । सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ ।
नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा आफूले श्रीमतीलाई सुनको हार किन्न खोज्दा २० प्रतिशत जर्ती मागेको बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले सुन खरीद बिक्रीसम्बन्धी सरकारी मापदण्ड आफूले पनि नपाएको बताउनुभयो । सङ्घले बनाएको मापदण्डका आधारमा आवश्यकताअनुसार व्यवसायीले ज्याला र जर्ती लिने गरेको उहाँले बताउनुभयो । काम गर्ने श्रमिकले लिने ज्याला र सुनका गहना बनाउँदा नोक्सान हुने सुनको आधारमा जर्ती तय हुने गर्दछ ।

उपभोक्ताले गहना खरीद गर्दा ज्याला र जर्ती तिरेर खरीद गर्दछन् भने त्यही गहना बिक्री गर्दा पुनः ज्याला र जर्ती तिर्नुपर्ने बाध्यता छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का संयोजक विपीन रामुदामुले साना गहनामा जर्ती बढी हुने बताउँदै भन्नुभयो, “पाँच लालको चन्द्रमा बनाउँदा तीन लाल जर्ती लिनुपर्छ ।” व्यवसायीले नेक्लेस, रानीहार, चुरा, मंगलसूत्रजस्ता गहनामा १० देखि २० प्रतिशतसम्म जर्ती लिने गर्दछन् ।

नारायणगढस्थित जय सन्तोषीमा सुनचाँदी पसलका सञ्चालकसमेत रहनुभएका रामुदामुले ज्याला श्रमिकलाई दिनका लागि र जर्ती गहना बनाउँदा हुने नोक्सानका लागि लिने गरेको बताउनुभयो । उहाँका अनुसार सुन बनाउँदा लाग्ने रसायन र अन्य खर्च पनि जर्तीका नाममा लिने गरिन्छ ।

सुनचाँदी व्यवसायी आफ्नै सुनप्रति विश्वस्त नभएको पाइन्छ । एउटा पसलमा किनेको सुन अन्य पसलमा बिक्री गर्दा त्यस पसलले सकेसम्म नकिन्ने, किन्नै पर्दा पनि धेरै जर्ती काट्ने गरेको पाइन्छ ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम गहना खरीद बिक्रीमा लिने ज्याला र जर्ती निश्चित हुनुपर्ने बताउनुहुन्छ । एउटै प्रकृतिको गहनामा पसलै पिच्छे ज्याला र जर्तीको फरक फरक प्रतिशत रकम लिने गरेको बताउँदै उहाँले यसले कतिपय ठाउँमा व्यवसायी पनि ठगिएको र कतिपय ठाउँमा उपभोक्ता ठगिएको बताउनुभयो ।

राज्यले निश्चित ऐन कानून बनाएर मादपण्ड तय गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका गौतमले बताउनुभयो । नेपालमा मात्रै होइन, विश्वभर जहाँ बिक्री गर्दा पनि सुन किनबेच हुनसक्ने गरी मापदण्ड बनाइनु पर्ने उहाँको सुझाव छ ।

जिल्लामा मात्रै ५०० सुनचाँदी पसल रहेका छन् । ती पसलले दैनिक पाँच किलो सुन बराबरका गहना बिक्री गर्ने गर्दछन् । जसमध्ये बैंकबाट एक किलो मात्रै आउने गर्दछ भने बाँकी सबै पुराना गहना र चोरीको सुन आउने गरेको व्यवसायी नै बताउँछन् । सुन गुणस्तर जाँच गर्ने उपकरण प्रयोगमा ल्याइएको छैन । उपभोक्ताले विश्वासका आधारमा सुनका गहना खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu