ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   १० : ३७   बजे

पोखरा, ३ भाद्र । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ ।

संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो ।

सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी सिलिङ्गे शिव मन्दिर भजन समूह गठन गरिएको समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

शालिकराम पौडेलको संयोजकत्वमा गठित भजन समूहका सदस्यमा कमलप्रसाद पौडेल, गुरुप्रसाद पौडेल, सदनकुमार महत, बन्दुराज पौडेल, लोकबहादुर महत, तीलकराम पौडेल, मीनबहादुर विश्वकर्मा, टेकनाथ पौडेल, मेघबहादुर पौडेल क्षेत्री, बाबुराम पौडेललगायत हुनुहुन्छ ।

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको वास्तविकतामा भजन समूह गठन गरी तीनको जगेर्नाको प्रयास शुरु गरिएको भजन समूहका सदस्य कमलप्रसाद पौडेलले बताउनुभयो ।

समूहले प्रत्येक सङ्क्रान्ति, पूर्णिमा, एकादशीका साथै महत्वपूर्ण पर्वमा परम्परागत बाद्यवादनसहित भजनकीर्तन कार्यक्रम शुरु गरिसकेको छ । तीनवटै पुस्ता एकताबद्ध भई थालिएको संस्कृति संरक्षणको प्रयास उपलब्धिमूलक बन्ने विश्वास लिइएको समूहका अर्का सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

समूहका ज्येष्ठ सदस्यले परम्परागत बाद्यवादन लगायतका विषयमा आफ्ना ज्ञान, सीप र अनुभव बयस्क एवं युवापुस्तालाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो ।

रोजगारीको खोजीमा युवापुस्ता विदेशिनुपर्ने बाध्यतासँगै गाउँमा युवा नहुँदा धेरै संस्कृति संरक्षण नहुँदा सङ्कटमा पर्ने गरेको स्थानीय युवा श्रीलाल विश्वकर्माको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu