पोखरा, ,३ भाद्र । बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्दै आएको हेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार २०७५ बाट परमहंस शिरोमणि अनन्त श्री बिभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज पुरस्कृत हुने भएका छन ।
धार्मिक क्षेत्र, संस्कार–संस्कृति तथा समाजसेवामा अतुलनिय योगदान पु¥याएको भन्दै स्वामी आत्मानन्द गिरीजी महाराजलाई हेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण गर्न लागिएको बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका सचिब तिर्थ श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधान, अध्यक्ष गणेश श्रेष्ठ, सचिब तिर्थ श्रेष्ठ, रबिन्द्र प्रधान, र प्राध्यापक जगमान गुरुङको पाँच सदस्यीय छनौट समितिले स्वामी आत्मानन्द गिरीजी महाराजलाई पुरस्कृत गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
उनका अनुसार बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा आफ्ना श्रीमतीको नाममा स्थापित धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार आगामी १७ गते १ लाख १ हजार नगद राशि सहित महाराजलाई अर्पण गरिने छ ।
हरेक दुई बर्षमा प्रदान गरिने हेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट यसअघि नेपालका बरिष्ठ संस्कृतिविद सत्यमोहज जोशी पुरस्कृत भैसकेका छन ।
प्रतिक्रिया दिनुहोस्