रौतहट, ४ भदौ । मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उनीहरु आइतबार नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा प्रवेश गरेका हुन् । फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफनो गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका–७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल गरे ।
वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाही हुने चेतावनी दिए ।
सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उनले बताए । नेकपाका नेता सत्यनारायण भगतको सभापतित्व सम्पन्न कार्यक्रममा सांसदहरु प्रभु साह, नागेन्द्र चौधरी, कल्याणी खडका, डा। बंशीधर मिश्र, लालबाबु यादव, रेखा झा, सरला यादव पनि सहभागी थिए । –रासस
प्रतिक्रिया दिनुहोस्