ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामडाँडामा घरघरमा खानेपानीको सुविधा


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   १० : ४७   बजे

बेनी, ४ भाद्र । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम लगानीमै निर्माण भएको सो आयोजना निर्माणमा कुल रु ५८ लाख ७८ हजार १३० लगानी भएको छ ।

नेपाल सरकारको रु ३९ लाख ९५ हजार २२५ लगानी रहेको सो आयोजनामा स्थानीय उपभोक्ताले रु १८ लाख ८२ हजार ८७७ बराबरको जनसहभागीता जुटाएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

वडा नम्बर – ४ को बास्कुना, सुर्केमेला, राक्से र तातोपानीमा समेत एक घर एक धारा जडानको लागि छुट्टाछुट्टै स्किममा काम भैरहेको छ । सो आयोजनाको म्याग्दीका गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभयो ।

आयोजनाको उद्घाटन गर्दै सांसद केसीले हरेक नागरिकको घरदैलोमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नु वर्तमान सरकारको प्राथमिकतामा परेको बताउँदै आयोजनालाई दिगो र व्यवस्थित बताउनुपर्नेमा जोड दिनुभयो । आयोजना सम्पन्न गर्न स्थानीयबासीले २ महिनासम्म श्रमदान गरेको समितिका अध्यक्ष निरास बहादुर थापाले जानकारी दिनुभयो ।

ठुलो उत्तिसजरा सिस्नेरामा रहेको मुहानमा संकलन केन्द्र र थामडाँडामा वितरण ट्याङ्की निर्माण गरि करिब साढे ५ किलोमिटर मुख्य र सहायक पाईपलाइन मार्फत खानेपानी वितरण गरिएको छ ।

पहिले खानेपानीको चरम अभाब खेपेका थामडाँडाबासीहरुको लागि घरघरमा खानेपानीको पहुँच पुगेपछि शुद्ध खानेपानीको सहज पहुँच विस्तार संगै समयको समेत बचत भएको छ ।

खानेपानीको लागी खोला र कुवाहरुमा भौतारीनुपर्ने बाध्यता रहेको यस गाउँमा खानेपानी आयोजना निर्माणले घरघरमा सहज रुपमा खानेपानीको सुविधा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu