ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमा गर्ने भन्दा उपचार गराउनेको सङ्ख्या बढी


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   १२ : १३   बजे

 

चितवन, ४ भाद्र । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो ।

स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९९४ पुगेको छ । जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ ।

नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन ।

मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १०५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५१८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ हजार ५९३, बघौडा अस्पताल माडीले दुई हजार १९, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीले तीन हजार ७१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले एक हजार ४८७ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ९४३ जनाको बीमा माग दाबी गरेको कार्यालयले जनाएको छ ।

दुई मेडिकल कलेजसहित दुई दर्जन निजी अस्पताल, सरकारी स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्था रहेकाले बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउनेको संख्या धेरै रहने गर्दछ जसले गर्दा चितवनमा बीमा बापतको रकम माग दाबी गर्नेको सङ्ख्या बढी देखिएको भट्टराईले बताउनुभयो । जिल्लामा गत वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu