ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा कागती खेती फस्टाउँदै


bhawani desk
४ भदौ २०७५, सोमबार   २ : ५६   बजे

 

भद्रपुर,४ भाद्र । पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।

छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गर्नुभएको हो । उहाँले डेढ विघामा कागती खेती गर्नुभएको छ । कागतीको दाना बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । वर्षमा कागतीले तीन पटकसम्म फल दिन्छ ।

“कागती खेतीबाट सोचेको भन्दा बढी आम्दानी भयो,” रेग्मीले भन्नुभयो, “बजारको समस्या छैन, व्यापारी घरमै आएर कागती लैजान्छन् ।” उहाँले खेती विस्तार गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका–१ बुधबारेमा सात बिघा जग्गा भाडामा लिनु भएको छ । उक्त जग्गामा रेग्मीले कागतीको बिरुवा उत्पादन गर्न थाल्नु भएको छ ।

मेचीनगर–९ का डिल्लीप्रसाद उप्रेतीले दुई बिघामा कागती खेती गर्नुभएको छ । उहाँले १२ कट्ठाबाट शुरु गरेको कागती खेती दुई बिघामा विस्तार गर्नुभएको छ । नर्सरीसहित कागती खेतीबाट वार्षिक रु २४ लाखसम्म आम्दानी गरेको उहाँले बताउनुभयो ।

नर्सरीमा हाल एनसीआरपी–५५, सुन–१, चाइनिज र यूरिका जातका कागतीका बिरुवा छन् । जिल्लामा ४० भन्दा बढी किसानले व्यावसायिक रूपमा कागती खेती गर्दै आएका बताइएको छ । उप्रेतीले प्रतिगोटा रु १०० मा बिरुवा बिक्री गर्दै आउनु भएको छ ।

काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई आर्थिक वर्ष २०७४÷७५ मा कागतीको बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group