ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीद्वारा घरघरै पुगेर थाल्यो उपचार दिन


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   ३ : ३४   बजे

रत्ननगर, ४ भाद्र । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो ।

अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उहाँले सकिनसकी गएर भोट हाल्नुभएकै हो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई उच्च रक्तचापले ढाल्यो । निको बनाउन अस्पताल राखिए तर, व्यथा झन् बल्झियो ।

“लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, अस्पतालले पनि अब सकिन्न, घरै लैजानू भनेर पठाए,” बुहारी भवानीले घटना सम्झँदै भन्नुभयो, “घरमै राखेर औषधिमुलो ग¥यौं । अहिले शरीर फि¥यो ।”

खड्गकुमारीले अर्को जुनी पाएकामा खुशी भएको ढुंगानाको परिवार आज अकस्मात् घरमै सरकार ९स्थानीय तहका जनप्रतिनिधि० आइपुग्दा रोमाञ्चित नै भए । औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उहाँको घर पुगेको थियो ।

“पोहर भोट हालेको हो, आज घरमै सांसद–मेयर आए, घरमै आएर सोधखोज गर्ला भन्ने त सुइँको थिएन,” वृद्धा खड्गकुमारीले दङ्ग पर्दै भन्नुभयो । भोट हालेकाले जितेको अनुभव समेत उहाँले सुनाउनुभयो । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उहाँ गद्गद् हुनुभयो ।

“तपाईंहरु आउनुभयो, गजब भो बाबु, अब ओल्लार–पल्लार हिंड्न पाए हुन्थ्यो,” प्रदेश नं ३ की सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीसामु आशावादी देखिनुभएकी खड्गकुमारीले भन्नुभयो ।

उहाँ यसो भनिरहँदा वडाध्यक्ष कृष्ण महतो उपचारको बन्दोबस्तमा हुनुहुन्थ्यो भने रत्ननगरका स्वास्थ्य सहायक शिवप्रसाद पौडेल र प्रयोगशाला सहायक सरोज देवकोटा चिनी र रक्तचाप जाँच्दै हुनुहुन्थ्यो ।

अहिले खड्गकुमारीका खुट्टा लुला भएका छन् । हिँड्डुल गर्न गा¥हो हुन्छ । रक्तचापको औषधि नियमित खानुहुन्छ । ह्वीलचियरको प्रतीक्षामा हुनुहुन्छ उहाँ । यताउता जाँदा परिवारले समाइदिनुपर्छ ।

उहाँलाई अस्पताल लान र लैजान बडो समस्या हुन्छ । अशक्त वृद्धवृद्धाले यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुशी हुनेछन् । यस्तो उदाहरणीय प्रयाश रत्ननगर नगरपालिकाले शुरु गरेको छ ।

रत्ननगर ५ झुवानीकै छिमेकी ९१ वर्षीय टंककुमारी रिजाल पनि बिरामी हुनुहुन्छ । चाउरिएका गाला उज्यालो पार्न उहाँलाई सकस हुन्छ । लठ्ठीको सहाराले हिँड्डुल गर्नुहुन्छ । “के हुन्छ आमा रु” स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोध्नुभयो । “पेट, छाती यसै भतभत हुन्छ,” साउतीको स्वरमा उहाँले जवाफ दिनुभयो ।

नापजाँच गर्दा उहाँमा रक्तचाप र चिनीको मात्रा सामान्य देखियो । उहाँलाई पनि नियमित रक्तचापकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजाल बताउनुहुन्छ । बिरामीले थला परेकाले उहाँलाई बच्चालाई खुवाउने जस्तो लिटो बनाएर, अनि भात तरकारी मिची नरम पारेर खुवाउने गरिएको छ ।

सन्तानब्बे वर्षका वृद्ध विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्नुहुन्छ । “बेलाबेलामा रिंगटा लाग्ने भाउन्न हुने हुन्छ, दिसापिसाब सबै राम्रो छ, त्यही पनि पिसाब चाहीँ पोल्छ,” रिजालले स्थास्थ्यकर्मीसामु आफ्नो समस्या बताइदिनुभयो ।

यसरी गाउँमै जनप्रतिनिधि आउँदा उहाँपनि दङ्ग पर्नुभयो । “खासा लाग्यो, यसरी सेव ागर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” रिजालले आफ्नो संक्षिप्त प्रतिक्रियामा भन्नुभयो । कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । कतिपय भने जाँच गर्न आउने थाहा पाएपछि नजीकैको झुवानी विद्यालयमा जम्मा भएका थिए ।

“अलिकति सुगर छ भन्या छ, घर खोज्दै खोज्दै आउँछन् रे,” स्वास्थ्य परीक्षणपछि घर जाँदै गर्दा ८० वर्षकी गंगादेवी लम्सालले भन्नुभयो ।

उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । चितवनको रत्ननगर नगरपालिकाले अहिले ८० वर्ष कटेका वृद्धवृद्धालाई घरघरै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । घरधुरी सर्वेक्षणमा रत्ननगरमा एकहजार ५० जना ८० वर्ष कटेका वृद्धवृद्धा छन् । उनीहरु हरेकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने नगरप्रमुख नारायण वनले बताउनुभयो ।

“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए एम्बुलेन्समार्फत विशेषज्ञ चिकित्सककहाँ पु¥याउँछौं,” वनले भन्नुभयो, “यो अभियान अब दैनिक चल्छ ।” नगरपालिका विस्तारै समृद्ध हुँदै गएपछि भने उमेर हद घटाएर ७० वर्षमाथिकालाई पनि सेवा पु¥याउने सोच रत्ननगर नगरपालिकाले बनाएको छ ।

अहिले पनि कतिपय परिवारमा आफ्ना बुबाआमालाई वृद्धाश्रम लगेर छाड्ने चलन छ । कतिपयले हेलाँ गरेर घरमै राखेका छन् । यसरी जनप्रतिनिधिहरु घरघरै आएर सेवा दिनु अन्य स्थानीय तहका लागि समेत नमूमा हुने निर्विवाद छ । नेपाल सरकारको घरघरमा सिंहदरबार पु¥याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण हो रत्ननगर नगरपालिका ।

“गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,” प्रदेशसभा सदस्य कञ्चन खनालले भन्नुभयो । वृद्धवृद्धाको अभिभावक बनेर नयाँ कार्यक्रमको थालनी गरेकामा उहाँले रत्ननगर नगरपालिकालाई धन्यवाद पनि दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना वृद्धवृद्धा र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि ‘उहिलेका कुरा’ कार्यक्रमसमेत रत्ननगरले सञ्चालन गर्न लागेको बताउनुहुन्छ । रत्ननगरलाई नमूना नगर बनाउने सोच राखिएको छ ।

रत्ननगरले यति मात्रै होइन यहाँ बाँझो जमीन राख्नेमाथि कारवाही पनि थालेको छ । सार्वजनिक जग्गाको खोजी गरी संरक्षण कार्य अगाडि बढाइएको छ । सुरक्षित मातृत्व नगर बनाउने अभियानसमेत थालिएको छ । छाडा चौपाया राख्ने गौशाला बनाउने योजना पनि छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख दवाडी भन्नुहुन्छ, “हरेक जनप्रतिनिधि अब बुबाआमाका छोराछोरी बन्न सक्नुपर्छ । सुखदुःख साट्ने हुनुपर्छ ।” ९तस्वीर उपलब्ध छ०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu