ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने


एबीसी न्यूज
१२ भदौ २०७५, मंगलबार   ३ : ४२   बजे

काठमाडौँ १२ भाद्र । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।

मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसिसी ट्रफी एलिट कपमा नेपालले ओमनलाई ६ विकेटले तथा सन् २०१३ को डिभिजन तीनमा नेपालले लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो । गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईमा ओमनले नेपाललाई पराजित गरेको थियो । सन् २०१४ को एसिसी प्रिमियर लिगमा ओमनले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।

एशिया कप छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेटस् (युएइ), हङकङ, सिङ्गापुर र ओमान गरी छ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले भदौ १३ मा युएइसँग, १४ मा मलेसियासँग, १६ मा सिंगापुरसँग तथा हङकङसँग १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ ।

एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । भोलि नै हुने अर्को खेलमा आयोजक मलेसिया र हङ्कङ भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu