ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउदैन – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   ३ : ५१   बजे

 


चितवन, १३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसा, राजनीतिक र अन्य सबैप्रकारका घटनाप्रति सरकार र आफू गम्भीर रहेको बताएका छन् ।
निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन।

पछिल्लो समय पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कञ्चनपुर, पोखरा, गोरखा, काठमाडौँ लगायतका स्थानमा महिला हिंसाका घटना बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्न सरकार गम्भीर रहेको समेत अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘ ‘महिला हिंसालाई सरकारले गम्भीर रुपमा नियन्त्रण गर्नुपर्छ।’

उनले मुलुकले यतिबेला नयाँ युगमा प्रवेश गरेकोले केही समयसम्म यस्ता समस्या देखिने तर गल्ती भएको देखेपछि त्यसलाई सच्याउनु पर्ने बताए ।
अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीलाई संरक्षण गर्न नसकेका कारण रोजगारीका नाममा लाखौँ युवा विदेश पलायन हुनुपरेको बताए।

आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो÷छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।” प्रचण्डले भने, ‘पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।’
व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि नआउने बताए ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group