ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर बैठकका एजेण्डा तय


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   ६ : ४५   बजे

 


काठमाडौं, १३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर बैठकका एजेण्डाको अन्तिम टुंगो लागेको छ । परराष्ट्रमन्त्रीस्तरीय बैठकले चौथो शिखर सम्मेलनको एजेण्डा र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिएको हो ।

काठमाडौंस्थित होटल सोल्टीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी एवम् शिखर सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिएको हो ।

मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, हिजो सम्पन्न बिमस्टेकका बरिष्ठ पदाधिकारीको १९ औँ बैठक तथा बिशेष बैठकका प्रतिवेदन पेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिएका एजेण्डालाई भोलि ९बिहीबार० शुरु हुने शिखर सम्मेलनमा प्रस्तुत गरिनेछ । बैठकमा सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला तथा विदेश मन्त्रीले सम्बोधन गरेका थिए ।

भारतको बाह्य मामिला राज्यमन्त्री भिके सिंह, बंगलादेशको विदेशसचिव अबुल हसन महमुद अलि, म्यान्मारका अन्र्तराष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुद विनय नेतृत्वको बैकठमा सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu