ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमस्टेक सम्मेलनमा भाग लिन आज तीन देशका राष्ट्रप्रमुख आउँदै


एबीसी न्यूज
१४ भदौ २०७५, बिहिबार   ८ : १२   बजे

काठमाडौं, १४ भाद्र । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।

सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउने भएपछि हवाई यातायात अवरुद्ध हुने भएको हो ।

यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ ।
यस्तै, सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुनेछ । बाँकी बिशिष्ट व्यक्तिहरु फर्किने दिन शनिबार बिहान पनि केहीबेर उडान र अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu