चितवन , १५ भाद्र । खोलाको पानी खान बाध्य भएका जुगेडीको खहरेका स्थानीयहरुले शुद्ध पानी पिउन पाएका छन् । नारायणगढ – मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को खहरेका वासिन्दाले खानेपानीको सुविधा पाएका हुन् । वर्षौदेखी खानेपानीको समस्या भोग्दै आएका खहरेवासीले खानेपानीको ब्यवस्था भएपछि हर्षित भएका छन् । तीन महिनाको अवधिमा खहरे खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको हो ।
आयोजना अन्र्तगत सार्वजनिक शौचालय तथा असक्त असाहयहरुका लागी नि:शुल्क सुविधा प्रदान गरिएको छ । खानेपानीको ब्यवस्थाले दैनिक जीवन तथा ब्यवसायमा धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष नारायण कुमार मगरले बताए । खहरे खानेपानी खानेपानी आयोजनाबाट २९ घरधुरी लाभान्वित भएका छन । मूलको पानी भएको मुहानमा दुई वटा ट्याङ्की निमार्ण गरिएको छ । त्यसबाट निस्केको पानी २० हजार घन मिटरको रिजर्भ ट्याङकी मार्फत वितरण गरिएको छ ।
करिब २४ लाखको लागतमा खानेपानी आयोजना निमार्ण गरिएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ ले उक्त खानेपानी आयोजनाको लागी सात लाख बजेट विनियोजन गरेको हो । त्यस्तै नेपाल ग्रामिण निमार्ण संस्थाले एक लाख ५२ हजार नगद सहित सात लाख १५ हजार सहयोग गरेको छ । आरआरएनको समन्वयमा भिसिए र डब्लु डब्लु एचले पनि सहयोग गरेको खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानीको लागी स्थानियले करिब १० लाख बराबरको जनश्रमदान गरेका थिए ।
खोलाको खानेपानी बाध्यता हटाउन लागी खानेपानीको लागी पहल गरिएको वडाध्यक्ष मान बहादुर रानामगरले बताए । खानेपानीको सदुपयोग र संरक्षणका लागी धारामा मिटर जडान गरिएको छ । करिब एक सय घरधुरीलाई खानेपानी पु¥याउने गरी पूर्वाधार निमार्ण गरिएको छ । खानेपानी आयोजना निमार्ण सम्पन्न भएपछि सोमवार उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा उपभोक्ता समितिका सचिव चन्द्र बहादुर पौडेल , इन्द्रेणी सामुदायीक वनका अध्यक्ष सुर्य बहादुर गुरुङ, नेपाल ग्रामीण पूर्ननिमार्ण संस्थाका ईञ्जिनियर सन्तोष भट्टराई , बरिष्ठ सहजकर्ता मानकुमार चौधरी , नेकपा प्रतिनिधि गणेश लामीछाने लगाएतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्