सर्लाही,१६ भाद्र । सर्लाहीको हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा पीडित पक्षले तोडफोड गरेको हो ।
अस्पताल नजिकै रहेको प्रहरीले भने नियन्त्रण प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ ।
,
हरिवन नगरपालिका वडा नं. ७ निवासी गर्भवती अप्सरा थापालाई आफन्तले शुक्रबार राति करीव आठ बजे नमूना अस्पतालमा उपचारका लागि ल्याएका थिए । अप्सराको अवस्था गम्भीर रहेको थाहा पाएपछि उपचार गराउन वीरगन्ज लगेपछि उतै निधन भएको नमूना अस्पतालको भनाइ छ । अस्पतालले अप्सराको उपचारमा लापरवाही गरेको स्थानीयबासिन्दाको आरोप छ
प्रतिक्रिया दिनुहोस्