ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किवानिज शैक्षिक सम्मेलन पोखरामा हुदैँ


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   ११ : ४४   बजे


पोखरा, १६ भाद्र । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन शुरु भएको छ ।

शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको उद्घाटन गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले बार्षिकरुपमा क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले १ सय बढि सहभागिलाई क्लव निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

उहाँले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताउनुभयो ।

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिर्वाय उपस्थिति भएको जानकारी दिनुभयो ।

उहाँले सम्मेलन मार्फत् आगामी बर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फ्त अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २५ वटा किविनिज क्लवमा ७ सय भन्दा बढि सदस्य आवद्ध रहेको उल्लेख गर्नुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं ।

यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौं’ उहाँले भन्नुभयो ।

यस्तै किवाजि इन्टरनेशनल सिन्धुपाल्चोक क्लवका अध्यक्ष सुजित बस्नेतले शैक्षिक सम्मेलनले क्लवका पदाधिकारीको सिप र प्रविधि विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम गदै आएको जानकारी दिनुभयो ।

किवानिज चिल्ड्रेन फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्ड्रेन फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुभयो । उहाँले यसरी बन्ने उक्त कोष मार्फत् क्यान्सर पिडीत बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu